Jul 27 2026 | २०८३, श्रावण ११ गते

चिकित्सा शिक्षाका समस्या समाधान गर्न क्रान्तिकारीले गर्‍यो अन्तरक्रिया: सरकारले विशेष ध्यान  पुर्‍याउनुपर्नेमा सरोकारवलाको जोड।

चिकित्सा शिक्षाका समस्या समाधान गर्न क्रान्तिकारीले गर्‍यो अन्तरक्रिया: सरकारले विशेष ध्यान  पुर्‍याउनुपर्नेमा सरोकारवलाको जोड।

  • 599
    SHARES

  • चिकित्सा शिक्षाका समस्या समाधान गर्न क्रान्तिकारीले गर्‍यो अन्तरक्रिया: सरकारले विशेष ध्यान  पुर्‍याउनुपर्नेमा सरोकारवलाको जोड।

    काठमाडौ - चिकित्सा शिक्षा अध्ययनमा देखिएका समस्याहरूको समाधानका लागि बिप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले राजधानी मा अन्तरक्रिया कार्यक्रम गरेको छ।

    शुक्रवार राजधानीको प्रज्ञा भवनमा भएको ‘चिकित्सा शिक्षाका समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सरोकारवाला वक्ताहरूले चिकित्सा शिक्षामा देखिएका समस्या समाधानका लागि सरकारले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिएका हुन् ।FB_IMG_1641564534883.jpg

    कार्यक्रममा बोल्दै चिकित्सा शास्त्र अध्ययन संस्थानकी सहायक डिन तक्मा केसीले शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नको कारण आजको समस्याहरू देखा परेको बताइन् । सरकारले शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेसँगै व्यवस्थित गर्न नसकेको उनले बताइन् । उनले भनिन्, ‘जुन समस्याहरू छन्, चिकित्सा शिक्षा आयोगले त ऐन बनाउने भयो । उसले विशेष गरेर त्यसलाई व्यवस्थित बनाउने, इन्ट्रान्स लिने, विद्यार्थीहरूलाई भर्ना गराउने, नीतिगत कुराहरू चिकित्सा आयोगले गर्ने भयो । त्यसलाई इप्लिमेन्टेशन गर्ने कुरा विश्वविद्यालयको हो । जसले आफ्नो आङ्गिक कलेजहरू, सम्बन्धन प्राप्त कलेजहरूलाई पनि रेगुलेशन गर्दै जानुपर्छ । केही निजी कलेजहरूले त्यसलाई अटेरी गरेको पनि देखियो । ऐनलाई मिचेर जान कति सम्भव छ त ? सरकार नै मनिटरमा गएको देखियो । यो टुङ्गोमा पक्कै पुग्छ भन्ने लाग्छ ।’FB_IMG_1641598594164.jpg

    कार्यक्रममा अधिकांश वक्ताहरूले चिकित्सा शिक्षामा देखिएको विकृति, बिसंगती र मौलाएको भ्रष्टाचार बारेमा वर्तमान अवस्थामा यसको समाधानको सम्पुर्ण जिम्मा राज्यले लिनुपर्ने जनाए। साथै बेलैमा यसलाई नियन्त्रण नगरिए समस्या झन जटिल बन्ने वक्ताहरूले औल्याए।

    काठमाडौँ विश्वविद्यालयका प्रशासकीय अधिकृत दीपक दाहालले चिकित्सा शिक्षा ऐन व्यवहारिक हुन नसकेको बताए । चिकित्सा शिक्षा ऐनलाई आवश्यक संशोधन गर्नुपर्ने उनले बताए । ऐनले सबै कुरालाई केन्द्रीकृत गरेको भन्दै उहाँले यसो गर्दा समस्या उत्पन्न हुने उल्लेख गरे । 

    अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले राज्यले चिकित्सा शिक्षामा स्पष्ट नीति र योजना बनाई स्रोत र लगानी बढाउनुपर्ने बताए । उनले निजी मेडिकल कलेजहरू राष्ट्रियकरण गरी राज्यले सञ्चालन गर्नुपर्ने धारणा राखे । गरिब तथा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने पनि उनले बताए ।

    कार्यक्रममा शिक्षाविद् प्रा. डा. विध्यानाथ कोइराला, सदस्य सचिव, चिकित्सा शिक्षा आयोग डा. भोजराज काफ्ले, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, प्रशासनिक प्रमुख, काठमाडौं विश्वविद्यालय SMS का डा. रमेश माकजु, आइओएमकि सहायक डीन, तक्मा केसी, शिक्षाविद प्रयाग भट्टराई, लगाएको उपस्थिती रहेको थियो।FB_IMG_1641599165236.jpg

    यसअघि शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेलले सिनामंगलस्थित काठमाडौ मेडिकल कलेजको आकस्मिक अनुगमन गर्दै चिकित्सा शिक्षा आयोगको नियम नमाने सम्बन्धन क्गारेज गर्ने बताएका छ।

    त्यसै गरि विराटनगरस्थित नोबेल मेडिकल कलेजले एमबिबिएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क मागेपछि विद्यार्थी सङ्गठन र एमबिबिएसका विद्यार्थीले कोशी राजमार्गको कन्चनबारी चोकमा चक्काजाम गरेका छन् ।

    सरकारले तोकेको भन्दा बढी शुल्क माग गर्दै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएपछि विद्यार्थीहरू केही दिनदेखि आन्दोलनरत छन् ।

    FB_IMG_1641579371056.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार