Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यार्थीलाई कलेज प्रवेश नदिदा विराटनगरको नोबेल मेडिकलमा तोडफोड: स्थिति तनावग्रस्त।

विद्यार्थीलाई कलेज प्रवेश नदिदा विराटनगरको नोबेल मेडिकलमा तोडफोड: स्थिति तनावग्रस्त।

  • 639
    SHARES

  • विद्यार्थीलाई कलेज प्रवेश नदिदा विराटनगरको नोबेल मेडिकलमा तोडफोड: स्थिति तनावग्रस्त।

    काठमाडौं– विद्यार्थी हरुलाई प्रवेश नदिदा विराटनगरस्थित नोबेल मेडिकल कलेजले आइतबार तोडफोड भएको छ। अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरुभएपछि भएको विवादमा तोडफोड भै तनाव सिर्जना भएको हो।

    घटनामा केही विद्यार्थीहरु घाइतेसमेत भएको बताइएको छ। विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमतिविपरीत नोबेलले कक्षा संचालन गरेपछि एमबिबिएस प्रथम वर्षका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए।

    विद्यार्थीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले कलेज तोडफोड गरेका बताइएको छ।

    तोडफोड हुदा कलेज परिसरमा केहिबेर तनावग्रस्त बनेको छ। नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकिए भन्दा २० लाख बढी रकम मागेको भन्दै विद्यार्थीहरु निरन्तर आन्दोलनमा छन।

     

    images
    आइतवार, पौष २५ २०७८०२:१७:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार