Jul 27 2026 | २०८३, श्रावण ११ गते

सर्बहारा महाबिर पुन

सर्बहारा महाबिर पुन

  • 701
    SHARES

  • सर्बहारा महाबिर पुन

    महाबिर पुन नेपालको बिज्ञान तथा अनुशन्धान क्षेत्रको एक सम्मानित नाम हो । उनि झट्ट हेर्दा निकै साधरण लवाइखुवाइ भएका ब्यक्ति भनेर चिन्न सकिन्छ । उनको लगाउने कुराले उनलाइ धेरै पत्याउनै सक्ददैन की उनि नै महाबिर पुन हुन भनेर तर महाबिर पुनको अति साधारण जिवन शैलीले उनलाइ अति नै लोकप्रिय बन्दै गएका छ्न ।

    सधै सामन्य टिसर्ट त सुरुवालमा देखिने पुन आज भने कोट पाइन्टमा सजिएको तस्बिर सार्वजनिक गरेकाछन । उनले ४५ वर्ष पछि दशैमा नया लुगा पाएको बताएकाछन । कोट पाइन्ट र सर्ट नया भए पनि जुत्ता भने ६ वर्ष पुरानो भएको उल्लेख यो कसले दिएको भन्ने कुरा अलिक पछि खुलाउने बताएकाछन ।

    उनको स्टाट्स लौ हर्नुहोस, मैले नि यो बर्षको दशैंमा ता नयाँ कपडा पायो — सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला, यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् ।

    पुरानो जडौरी होइन | मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो | जुत्ता चाहिं ६ बर्ष पुरानो हो | धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनु भएको थियो | अब कचकच गर्ने साथीहरु चुप लाग्नु होस | आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरें | दशैको बेलामा यो नयाँ कपडा कहाँ बाट आयो भनेर कसैले पनि नसोध्नु होला | केहि महिना पछि मैले नै बताउने छु | क्या रमाइलो हुने भयो यो पालीको दशैँ ता | कहिले काहिं ता गल्लीको कुकुरको पनि दिन आउंछ भनेको यहि होला ।

    पुनले सन् २०१२मा सूचना तथा प्रबिधी मार्फत देश बिकासका सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्र्को स्थापना गरे। यस्तो बिसाल योजनालाई मुर्तरुप दिन ठुलो आर्थिक सहयोगको खाचो हुनेभएकाले पुनले नेपल सरकारर्को ढोका बारम्बार ढक्ढकाए।

    बिगत चार वर्षमा ५ वटा सरकार फेरिए तर उनलाई सहयोग कसैले गरेन। यसकारण आजकल पुनलाई हामी जनताहरु माझ सहयोग सङ्कलन कार्यक्रम मा तत्पररहेको हेर्नसक्छौ। खुसीको पक्ष यो छकी भ्रस्ट र अन्योलमा रहेको सरकारले मुख फेरिपनि देशबिदेशमा रहेका नेपाली जनताहरूले निक्कैनै हर्शौल्लास्कासाथ पुनलाई सहयोग गरिरहेका छन्।

    राष्ट्रिय आविष्कार केन्द्र्को बारेमा थप जानकारी र सहयोग गर्न इच्छुक सम्पूर्ण श्रोतामहानुभाबले राष्ट्रिय आविष्कार केन्द्र्को वेबसाईट www.nicnepal.orgमा लागिन गर्न सक्नु हुनेछ। वेबसाईटमा आजको दिनसम्ममा संकलित रकमको एकएक हिसाब राखिएको देख्न सक्नु हुनेछ। साथै महाबीर पुनलाई यहाहरूले twitterमा @mahabirpun सर्च गरी फलो गर्न सक्नुहुनेछ।

    images
    मंगलवार, कार्तिक ४ २०७७०३:१०:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार