Jul 27 2026 | २०८३, श्रावण ११ गते

सबै विद्यालयमा एउटै शैक्षिक क्यालेण्डर : काठमाडौ महानगर।

सबै विद्यालयमा एउटै शैक्षिक क्यालेण्डर : काठमाडौ महानगर।

  • 1.6K
    SHARES

  • सबै विद्यालयमा एउटै शैक्षिक क्यालेण्डर : काठमाडौ महानगर।

    बैशाख, १३- काठमाडौ । सामुदायिक विद्यालयहरूले शैक्षिक सत्र २०७९ मा एकै किसिमका बार्षिक शैक्षिक क्यालेन्डर बनाउनु पर्ने भएको छ ।

    काठमाडौ महानगरपालिकाको शिक्षा विभागद्वारा आयोजित सामुदायिक विद्यालयका प्रधानध्यापकहरू संगको छलफल तथा अन्तक्रिया कार्यक्रममा यस्तो निर्णय गरेको हो।

    अन्तरक्रिया कार्यक्रममा महानगरपालिका अन्तर्गतका सबै सामुदायिकमा शैक्षिक गतिविधिमा एकरुपता ल्याउने उदेश्यले यस्तो निर्णयए गरिएको बताइएको छ।

    अन्तरक्रिया कार्यक्रममा शैक्षिक सत्र २०७८ को बार्षिक परीक्षाफल २०७९ वैशाख २१ गते प्रकाशित गर्ने, शैक्षिक सत्र २०७९ को लागि वैशाख २२ गतेदेखि जेठ ४ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने बताइएको छ।

    महानगरपालिका शिक्षा बिभागले शैक्षिक योजना निर्माण गर्ने र जेठ ५ गतेबाट कक्षा सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

    यसैगरी छलफलमा साउन १ गतेदेखि १५ गतेसम्म गर्मी विदा दिने निर्णय गरेको छ। महानगर शैक्षिक बिभागले भदौ ५ गतेबाट प्रथम त्रैमासिक परीक्षा सञ्चालन गर्ने, दशै र तिहार विचको १४ दिन विद्यालय बन्द गर्ने, पौष ५ गतेबाट दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गर्ने, पौष १७ गतेबाट माघ २ गतेसम्म १६ दिन जाडो विदा गर्ने गरी परिपत्र समेत जारी गरेको छ ।

    त्यसैगरी हरेक विद्यालयले स्थानीय आवश्यकताको आधारमा ५ दिन स्थानीय बिदा दिनसक्ने र आधारभूत तहको कक्षा ८ को महानगरपालिका स्तरीय बार्षिक परीक्षा र अन्य कक्षाको बार्षिक परीक्षाको समय तालिका प्रकाशन भएपछि सोको आधारमा पछि जानकारी गराइने सो पत्रमा उल्लेख गरिएको छ।

    यस्तो छ, महानगरपालिका शिक्षा बिभागको परिपत्र ।

    Screenshot_20220425-154642_Facebook.jpg

    images
    मंगलवार, बैशाख १३ २०७९०३:१५:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार