शुक्रवार, माघ ९ २०७७
काठमाडौ , कृषि विकास बैंकले विभिन्न तहमा गरी २ सय २६ जना कर्मचारी माग गरेको छ। बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गर्दै शुक्रबार सूचना प्रकाशन गरेको छ। बैंकले वरिष्ठ शाखा प्रमुख (नवौं तहको अधिकृत) देखि लेखपाला (चारौं तहको सहायक) सम्मका कर्मचारी माग गरेको हो। बैंकले कर्मचारी माग गरेको पदमा अनलाईनमार्फत् आवेदन पेश गर्न सकिने छ। हेर्नुस सुचना सहित : 
