Jul 27 2026 | २०८३, श्रावण ११ गते

SchEMS (स्किम्स) कलेज विद्यार्थीको रोजाइ ।

SchEMS (स्किम्स) कलेज विद्यार्थीको रोजाइ ।

  • 1.7K
    SHARES

  • SchEMS (स्किम्स) कलेज विद्यार्थीको रोजाइ ।

    साउन, ११ काठमाडौ । विद्यार्थीको रोजाइमा महाराजगन्जमा रहेको स्किम्स कलेज पछिल्लो चरणमा अझ उत्कृष्ट शैक्षिक गन्तब्यको रूपमा एकेडेमिक हवको रुपमा विकास भइरहेको छ’।IMG-b599389bed0107b8fc186f0957e7202c-V.jpg

    यहाँका सञ्चालक, ब्यबस्थापक र शिक्षकहरुका कारण सिक्ने र सिकाउने कुरामा कलेज छोटो समयमा धेरै विद्यार्थीको रोजाइ बन्न सफल भएको छ । यसै क्रममा कलेजको शैक्षिक, भौतिक तथा विद्यार्थीहरुको अध्ययनको विषयमा कुनै कम्प्रोमाइज नगरी काठमाडौ जिल्ला अवस्थित यति महँगो एरियामा रहेर पनि कलेजले मध्यम  शुल्कमा विद्यार्थीहरुको करियरसँग सम्बन्धित रहेर संचालन गर्दै आएको छ ।Screenshot_20220726-213812_Chrome.jpg

    यसै बिषयमा प्रकाश पार्न विद्यार्थी मिडिया याण्ड टेक्नोलोजी अन्तर्गत bidharthi.com का सम्पादक टंक प्रसाद जोशिले कलेजका प्रीन्सिपल श्री राम प्रसाद खतिवडा ज्यु संग गरिएको कुराकानी जस्ताको त्यस्तै यहाँ प्रस्तुत  गरिएको छ ।FB_IMG_1658850291904.jpg

    • स्किम्स कलेज/ एकाडमी यस क्षेत्रको उत्कृष्ट कलेजको रुपमा कसरी स्थापित भयो?

    वि.सं २०६० सालमा देखि काठमाडौ  स्थित महाराजगन्जमा  स्थापना भएको यस स्किम्स कलेजले पछिल्ला केही बर्षहरुमा शैक्षिक गुणस्तरको पारो अति उच्चतम बिन्दुमा पुर्‍याउन सफल रहेकाले विद्यार्थीहरु अभिभावकहरुको माझ बिशुद्ध आफ्नो उज्ज्वल भविष्य सुनिश्चित गर्नका खातिर पनि हरेकको पहिलो रोजाई स्किम्स कलेज पर्छ जस्तो लाग्छ ।

    • स्किम्स कलेज  यस क्षेत्रकै उत्कृष्ट कलेजको रुपमा कसरी  स्थापित  भयो? नतिजा कस्तो आइरहेको छ ?

    मैले माथिनै भने शैक्षिक गुणस्तर विद्यार्थीको रिजल्ट दिनेकुरामा कुनै कसर बाकी राख्दैनौ सत प्रतिशत रिजल्ट त्यो पनि बिशिस्ट श्रेणीमा ल्याउन सफल भएकाले यस क्षेत्रको शैक्षिक गुणस्तरका लागि एक निर्बिकल्प कलेजको रुपमा उदाएको छ भन्न सकिन्छ ।FB_IMG_1658850014300.jpgFB_IMG_1658849715130.jpg

    • कलेजले विद्यार्थीको कुन पक्षलाइ ध्यानमा राखेर अध्यापन गराइरहेको छ?

    कलेजले सैद्धान्तिक संगसगै प्रयोगात्मक र अन्य अतिरिक्त क्रियाकलापको माध्यमद्वारा आफुमा भएको क्षमता उजागर गर्ने, स्मरण ताजा बनाउने तवरले शिकाइलाई आधुनिकरण प्रक्रियाद्वारा विद्यार्थीहरुको गुणस्तर उकास्ने कामहरू भइरहेको छ ।

    • हाल कलेजमा कुन–कुन संकायमा अध्यापन भइरहेको छ ? कति विद्यार्थी अध्ययनरत छन् ?

    बिज्ञान, होटेल ब्यवस्थापन, कम्प्युटर, बिजिनेस, ल साथै अन्य ऐच्छिक बिषयहरु अध्ययन अध्यापन गरिन्छ । अहिले कक्षा १२ मा २२० विद्यार्थीहरु छन भने गतबर्ष कक्षा १२ मा १७० विद्यार्थीहरुले परीक्षा दिएका छन भने कक्षा ११ मा नयाँ भर्नाका लागि प्री-बुकिङ्ग धमाधम भइरहेको छ भर्ना भने SEE को रिजल्ट पनि हुनेछ ।FB_IMG_1658849929189.jpgFB_IMG_1658849965115.jpg

    • विद्यार्थीहरुका लागि विद्यालयमा अध्ययन गर्ने वातावरण कस्तो छ ?

    अत्यन्तै सौहार्दपुर्ण सुन्दर शान्त परिवेशमा अध्यायन गर्ने बाताबरण छ । सम्पुर्ण शैक्षिक पुर्वाधार युक्त परिवेशमा बिद्यार्थीहरुले सैद्धान्तिक प्रयोगात्मक र पुस्तकालयको भरपुर प्रयोग गर्न पाउने छन् ।

    • विद्यार्थीले स्किम्स नै किन रोज्ने ?

    स्किम्स एक पुर्ण शैक्षिक पुर्वाधारयुक्त गन्तव्यको रुपमा अगाडि बढिरहेको कलेज हो । जहाँबाट प्रत्येक बर्ष एक से एक उच्चतम अंक ल्याउन सफल भएका छन्, यो नै उच्च शिक्षाका लागि सुनिश्चित र दरिलो आधार बनाउन पनि पहिलो रोजाइ स्किम्स नै हुनुको मुख्य कारण हो ।FB_IMG_1658849659797.jpgFB_IMG_1658849657655.jpgFB_IMG_1658849711990.jpg

    • शिक्षा क्षेत्रमा आवद्ध हुनुहुन्छ, पछिल्लो समय नेपालमा गुणस्तरीय शिक्षा नहुदा बाहिरिने विद्यार्थी संख्या दिन प्रती दिन बढ्दो छ। अध्यायनकै लागि विद्यार्थी बाहिर जादा बार्षिक अर्बौं पुजि बाहिरिएको छ।  यसलाइ कसरी रोक्ने?

    उच्च शिक्षाका लागि बाहिरे क्रम प्रत्येक बर्ष बढ्ढोत्तरी हुनुको मुख्य कारण सरकारको पोलिसी फेलियर नै हो यसकालागी तत्काल र दीर्घकालीन योजनाको खाँचो छ । तत्काल उनिहरुलाई अध्ययन गर्दै रोजिरोटी हुनेगरि योजना ल्याउनु पर्‍यो भने दीर्घकालीन योजनामा शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने कुराहरुको गहन अध्ययन गरि प्राविधिक जनशक्ती उत्पादन गरि देश बिकासमा जुटाउनु पर्‍यो ।

    योग्यता र क्षमताका आधारमा प्राथमिकता दिई राज्यका हरेक निकायमा त्येस्ता जनशक्ति खटाउनु पर्‍यो । आफ्नो देश बनाउ बिकासको मुल फुटाउ भन्ने नारा दिउ सानो ठूलो नभनी सबै एकछत्र जुटौ शिक्षामानै राष्ट्रप्रेम जगाउने कार्यक्रम गरौ भ्रष्टाचार उल्मुलन गरौ त जोकोही भोलि फर्केर आउँछ त्यहा सिकेको सीप यहाँ अवस्य काम लागिनै हाल्छ । यो भिजन साथ काम गर्ने हो भने बिदेश जानेको लर्को रोक्न सकिन्छ ।

    • शैक्षिक क्षेत्रमा यहाँको लामो अनुभव छ । नेपालको शिक्षा र शैक्षिक प्रकृयामा समस्या के के हुन। र यसलाइ निराकरण गर्न के गर्नुपर्ला?

    शिक्षा यसो अध्ययन गर्ने अनि केवल सर्टीफिकेट लिने जस्तो भइरहेको छ । यो क्रिया  अनि प्रतिक्रियाले केही हुनेवाला छैन । उस्ले अध्ययन गरेको बिषय के हो त्यो अनुसारको व्यबहारमा उतार्न सक्ने बाताबरण छ कि छैन । यानेकी परिणाममुखी शिक्षा हुनुपर्छ पेशामुलक भन्दा पनि राज्य र स्वयं ब्याक्तिको स्तरउन्नोती गर्नसक्ने आधार शिक्षा हुनुपर्छ जस्तो लाग्छ ।

    • कलेजका आगामी योजनाहरु के-के छन् ?

    कलेजमा विद्यार्थीले रोजेका खोजेका सम्पुर्ण बिषय अध्ययन गर्न मिल्ने रोजगारीमुलक ब्यबसायमुलक साथै खेलकुदका माध्यम द्वारा राष्ट्र खेलाडी उत्पादन गर्ने गुरु योजना सहितको आधुनिक शिक्षाको हबको रुपमा बिकास गर्ने योजनामा हामी छौ ।FB_IMG_1658849965115.jpg

    • अन्त्यमा पछिल्लो समय युवाहरु कुलतमा फस्दै गएको परिप्रेक्षमा कलेजले विद्यार्थीहरुलाई कुलतमा फस्न नदिन के गरिरहेको छ ?

    प्रत्येक बर्ष यस्का लागि विभिन्न कार्यक्रमहरु संचालन गरिरहेका छौ । सचेचना कार्यक्रम प्रहरी मेरो साथी मार्फत पनि अभिभावक बिद्यार्थीहरुलाई राखेर सावधानीका उपायहरू कसरी गर्ने कुलतमा फसिसकेकालाई कसरी मुक्त गराउने भन्ने जस्ता कार्यक्रम बर्सेनि गर्दै आइरहेका छौ यस्लाई अझ व्यापक बनाएर लानुपर्छ ताकी हरेर बर्ष लाखौ युवा यस्मा फस्दै गइरहेको कारण यो एक बिकराल समस्या भइ रहेको छ तसर्थ सबै सरोकारपक्ष लागेमा कुलत तथा दुर्ब्यसनी रोक्न सकिन्छ भन्ने लाग्छ । #SchEMS कलेज महाराजगन्ज , सम्पर्क नंम्बर:- ०१-४०१७६०३FB_IMG_1658850272329.jpgFB_IMG_1658850266989.jpgFB_IMG_1658850160866.jpgFB_IMG_1658850023881.jpg

     

    images
    बुधवार, श्रावण ११ २०७९०८:१९:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार