Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यार्थीको रोजाइमा एभरेस्ट इनोभेटिभ कलेज उत्कृष्ट एकेडेमिक हवको रुपमा विकास भइरहेको छ’।

विद्यार्थीको रोजाइमा एभरेस्ट इनोभेटिभ कलेज उत्कृष्ट एकेडेमिक हवको रुपमा विकास भइरहेको छ’।

  • 2.3K
    SHARES

  • विद्यार्थीको रोजाइमा एभरेस्ट इनोभेटिभ कलेज उत्कृष्ट एकेडेमिक हवको रुपमा विकास भइरहेको छ’।

    साउन, १७ काठमाडौ । एभरेष्ट इनोभेटिभ स्कुल / कलेज काठमाण्डौ महानगरको सोल्टिमोडमा उत्कृष्ट एकेडमिक हबको रुपमा बिकास भइरहेको छ। एक्काइसौं शताब्दीका चुनौतीहरूलाई सामना गर्न एभरेस्ट कलेजले संसारमा भइरहेको बिकास र परिवर्तनलाई मध्यनजर गर्दै नयाँ विकसित शिक्षण पद्धतिको प्रयोग गरी शिक्षामा व्यवहारिक दृष्टिकोण प्रयोग गर्दै आइरहेको छ।

    https://eiccollege.edu.np/apply-for-2-level/ 8 Screenshot_20220802-084547_Chrome.jpg

    शिक्षा र खेलकुद मन्त्रालय नेपालसँग सम्बद्ध, उत्साही शिक्षाविद्हरूको समूहले बि.सं. २००६ मा बानेश्वरमा स्थापना भएको एभरेष्ट सेकेन्डरी स्कूल (ESS), हाल काठमाडौ महानगरपालिका सोल्टीमोड, कालीमाटी रहेको छ।

    गुणस्तरीय शिक्षा, करियर विकास, अनुशासन र विद्यार्थी केन्द्रित सिकाइ विधिहरू प्राथमिक तह देखि उच्च शिक्षा प्रदान गर्दै आएको एभरेष्ट इनोभेटिभ कलेज (EIC) त्रिभुवन विश्वविद्यालयसँग आबद्ध छ।Screenshot_20220802-084839_Chrome.jpg

    विद्यालयदेखि विश्वविद्यालय स्तरसम्म उत्कृष्ट गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षा क्षेत्रमा लामो समय योगदान गर्दै आएका यहाँका बिषयबिज्ञ सञ्चालक र शिक्षकहरुका कारण विद्यार्थीहरु सिक्ने र सिकाउने कुरामा निकै उत्सुक देखिन्छन् ।

    यसैक्रममा कलेजको शैक्षिक, भौतिक तथा विद्यार्थीहरुको अध्ययनको विषयसंग सम्बन्धित रहेर विद्यार्थी मिडिया याण्ड टेक्नोलोजी अन्तर्गत bidharthi.com का सम्पादक टंक प्रसाद जोशिले कलेजका प्रशासनिक निर्देशक राम प्रसाद पौडेल संग  गरिएको कुराकानी। जस्ताको तेस्तै ।

    • एभरेस्ट इनोभेटिभ कलेज यस क्षेत्रकै उत्कृष्ट कलेजको रुपमा कसरी स्थापित भयो? नतिजा कस्तो आइरहेको छ ?

    - यो एभरेस्ट इनोभेटिभ कलेजले निरन्तर औषत भन्दा माथि नतिजा ल्याइरहेको हुँदा र पठनपाठन एवं अनुशासनमा वरिपरिको अरु शैक्षिक संस्थाको तुलनामा समेत उत्कृष्टता हासिल गरिरहेको हुँदा यस क्षेत्रकै उत्कृष्ट कलेजको रूपमा स्थापित भइरहेको छ।Screenshot_20220801-203753_Chrome.jpg

    • एभरेस्ट इनोभेटिभ कलेजले विद्यार्थीको कुन पक्षलाइ ध्यानमा राखेर अध्यापन गराइरहेको छ?

    एभरेस्ट इनोभेटिभ कलेजले विशेषत हाम्रा शिक्षकहरुको शैक्षिक प्रणाली सुहाउँदो तालिममा महत्व दिई शिक्षा सिकाईमा सहभागितामूलक तथा व्यवहारि शिक्षा पद्धति अवलम्बन गरी अध्ययन अध्यापन गरीरहेका छाैँ भने अर्कोतर्फ हामीले अनुभवी र नयाँ जोश जागर भएका शिक्षकहरुको कम्विनेशन मिलाई विद्यार्थीहरुको मनोबल, हौसला र प्रोत्साहन बढाउन साधारण तरिका देखि रचनात्मक र आधुनिक ज्ञानतर्फ उन्मुख हुँदै र गराउदै अध्ययन अध्यापन गराउदै आईरहेका छाैँ । यस कलेजले विद्यार्थीको चौतर्फी विकासका लागि निरन्तर प्रयास गरिरहेको छ । जस्तै :पठनपाठन ,खेलकुद विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु, समाजसेवा, कार्यशाला, गोष्ठी, सहकार्यकलाप एवं guest lectural classes आदिका माध्यमबाट विद्यार्थीको समग्र पक्षका बिकासमा जोड दिएको ।

    • हाल कलेजमा कुन–कुन फ्याकल्टी अध्यापन भइरहेको छ ? कति विद्यार्थी अध्ययनरत छन् ?

    - हाल हाम्रो कलेजमा मानविकी ,बिज्ञान ,व्यवस्थापन कानुन ,सुचना प्रबिधि तथा समाजसेवा जस्ता संकायहरु छन । यो सबै संकाय र विषयहरुमा गरेर लगभग १५०० विद्यार्थी संख्या रहेको छ।

    • विद्यार्थीहरुका लागि स्कुल / कलेजमा अध्ययन गर्ने वातावरण र ल्याब हरुको ब्यबस्था कस्तो छ?

    - विद्यार्थीहरुका लागि कलेजमा अध्ययन गर्ने बाह्य र आन्तरिक दुबै वातावरण राम्रो छ। भौतिक सुबिधाका कारण बाह्य वातावरण बलियो छ भने पारिवारिक वातावरणले गर्दा अनि शैक्षिक गुणस्तरका कारण आन्तरिक वातावरण पनि मजबुत नै रहेको छ। यसको ज्वलन्त उदाहरण भनेको १२ कक्षा पछि स्नातक तहका लागि हामीले बाहिर विद्यार्थी खोज्न नपरी आफ्नै कक्षा १२ उर्तिण विद्यार्थीहरुबाट नै स्नातक तह हराभरा हुनु हो।Screenshot_20220801-203712_Chrome.jpg

    • विद्यार्थीले एभरेस्ट इनोभेटिभ कलेज नै किन रोज्ने ?

    - वर्तमान अवस्थामा पारिवारिक वातावरणमा प्रयोगात्मक कक्षामा बढी जोड दिंदै परियोजना कार्यलाई बढी भन्दा बढी प्रभावकारी तुल्याउँदै अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकतामा राखेर पठनपाठन अगाडि बढाउने शैक्षिक संस्थाहरू कमै हुन्छन् । कथनी र करणीमा तालमेल नहुदा विद्यार्थी र अभिभावकहरु अन्योलमा परिरहनुभएको हुन्छ।त्यसमाथि भौतिक पुर्वाधार तथा शुल्कको अवस्थाका कारण धेरै विद्यार्थी तथा अभिभावकहरु भौतारिरहनु भएको छ। यस्तो परिस्थितिमा हामीले यस एभरेष्ट इनोभेटिभ कलेजबाट यी र यस्ता खाले कुनै पनि कमी कमजोरीहरु हुन नदिने दृढताका साथ अघि बढिरहेका कारण अहिलेको विद्यार्थीहरुको पहिलो रोजाइ एभरेस्ट इनोभेटिभ कलेज नै हुनुपर्छ भन्ने हाम्रो भनाइ हो।

    • शिक्षा क्षेत्रमा आवद्ध हुनुहुन्छ, पछिल्लो समय नेपालमा गुणस्तरीय शिक्षा नहुदा बाहिरिने विद्यार्थी संख्या दिन प्रती दिन बढ्दो छ। अध्यायनकै लागि विद्यार्थी बाहिर जादा बार्षिक अर्बौं पुजि बाहिरिएको छ। यसलाइ कसरी रोक्ने?

    - हो वास्तवमा ! यो पछिल्लो समयमा नेपालमा गुणस्तरीय शिक्षा नहुँदा दिन प्रतिदिन उल्लेख्य संख्यामा युवा जमात बाहिरीइ रहेको तथ्यले देशको भबिस्य नै अन्योलग्रस्त बन्दै गइरहेको छ। एक त व्यवसाहिक एबं व्यवहारिक सीपयुक्त शिक्षामा राज्य उदासिन भइदिंदा देशमा कमाइको वातावरण नबन्दा आय आर्जनकै निम्ति भएपनी लाखौं विद्यार्थीहरु कक्षा १२ पछि बिदेश पलायन भएका छन् । यो हाम्रो जस्तो बिकासोन्मुख देशका लागि खतराको संकेत हो।अर्कोतर्फ यसरी दिनानुदिन लाखौं विद्यार्थीहरु बाहिरिदा उनीहरुको नामबाट बिहिरिएको स्वदेशी पुँजीले नेपाली अर्थतन्त्र खस्कदो अवस्थामा पुगेको छ ।यो सबै अवस्थालाई अध्ययन गर्दा पुँजी पलायनको भयावह अवस्थालाई रोक्नका लागि राज्यको प्रभावकारी भुमिका खेल्न सक्नु पर्छ।Screenshot_20220801-203738_Chrome.jpg

    • शैक्षिक क्षेत्रमा यहाँको लामो अनुभव छ । नेपालको शिक्षा र शैक्षिक प्रकृयामा समस्या के के हुन। र यसलाइ निराकरण गर्न के गर्नुपर्ला?

    - नेपालको शिक्षा क्षेत्रमा देखा परेका प्रमुख समस्याहरुमा पाठ्यक्रम अनुसारको कार्यान्वयन नहुनु बिदेशी मोडेलको अन्धाधुन्ध नक्कल गर्ने तर आफ्नो देशको बस्तुगत तथा आत्मगत अवस्थाको मुल्यांकन नगर्नु,राज्यले शिक्षामा गर्ने लगानी न्यून मात्रामा हुनु तथा मुल्यांकन प्रणाली आधुनिक ,बैज्ञानिक एवं व्यवहारिक नहुनु जस्ता हुन।

    * एभरेस्ट इनोभेटिभ कलेजको आगामी योजनाहरु के-के छन् ?

    - यस कलेजको आगामी कार्ययोजनामा अब हामी छिट्टै नै स्नातकोत्तरका कार्यक्रमहरु संचालन गर्नेछौं । यसका साथै IT का बिषयहरुमा पनि थप योजनाहरु बनाउँदै छौं ।केही बर्षभित्र हामी यस कलेजलाई बिश्वबिद्धालयको अवधारणामा लैजाने सोचमा छौं ।Screenshot_20220801-203935_Chrome.jpg

    • अन्त्यमा पछिल्लो समय युवाहरु कुलतमा फस्दै गएको परिप्रेक्षमा एकेडेमीले विद्यार्थीहरुलाई कुलतमा फस्न नदिन के गरिरहेको छ ?

    - वर्तमान अवस्थामा हाम्रा युवाहरू कुलतमा फस्दै गएको र यसको प्रत्यक्ष असर भनेको आत्महत्या जस्तो विकराल समस्या देखिने गरेको छ। कुलत आजको सन्दर्भमा नेपाल लगायत अन्तर्राष्ट्रिय जगतको गम्भिर विषय हो जसले समाजमा बिकृतिसँगसँगै घर परिवार र आफ्नो जीवन नै बर्बाद पारिरहेको अवस्था हाम्रो सामु प्रस्ट छ । "यसको निराकरणको लागि हामीले नियमित रुपमा काउन्सिलङ कक्षाहरु सञ्चालन गरिरहेका पनि छौं र  त्यस्ता समस्याहरु आउन नदिन विशेष निगरानी राख्दै वर्षमा नियमित छलफलको कार्यस्वरुप वर्षमा तीन पटक ब्यवस्थापन, शिक्षक र अभिभावकहरुसँगको मिटिङकाे कार्यक्रम संचालन गरी एउटा नियन्त्रणको मेकानिजम तयार गर्दै काम गर्दै कार्य गर्दै आईरहेका छाैँ । Screenshot_20220801-203821_Chrome.jpgScreenshot_20220801-203833_Chrome.jpgScreenshot_20220801-203852_Chrome.jpg

     

    images
    मंगलवार, श्रावण १७ २०७९०९:५८:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार