Jul 27 2026 | २०८३, श्रावण ११ गते

विट्स एकेडेमीको छात्रवृत्ति घोषणा बिज्ञानमा २० र अन्यमा १५ जना विद्यार्थी नि:शुल्क पढ्न पाउने।

विट्स एकेडेमीको छात्रवृत्ति घोषणा बिज्ञानमा २० र अन्यमा १५ जना विद्यार्थी नि:शुल्क पढ्न पाउने।

  • 1.5K
    SHARES

  • विट्स एकेडेमीको छात्रवृत्ति घोषणा बिज्ञानमा २० र अन्यमा १५ जना विद्यार्थी नि:शुल्क पढ्न पाउने।

    साउन, ३ काठमाडौ । विट्स एकेडेमीले कक्षा ११ मा पढ्न चाहने विद्यार्थीहरुलाइ ठूलो मात्रामा छात्रवृत्ति कोषको घोषणा गरेको छ। एकेडेमिका प्रिन्सिपल ज्ञानबहादुर श्रेष्ठका अनुसार बिज्ञान मा २० र अन्य फ्याकल्टिमा १५ जना गरि ३५ जना विद्यार्थीहरुलाइ छात्रवृत्ति दिने घोषणा गरेको हो।

    काठमाण्डौको अति उत्तम बौद्ध जोरपाटीको बजार भन्दा  केहि पर बौद्ध तिनचुली भन्दा थोरै माथि  भुवलडाँडाको शान्त  रमणिय अनि हरियाली वातावरणमा अवस्थित हरेक बर्ष सत् प्रतिशत नतिजा दिदै आएको विट्स एकेडेमी आफैमा एउटा परिचयको केन्द्र बनेको छ ।Screenshot_20220819-182858_Facebook.jpg

    करिब ८ रोपनी जग्गाको खुल्ला खेल मैदान सहितको  सुबिधायुक्त भवन यसको अर्को विशेषता हो । आवस्यक  पुस्तकालय भवन, चमेनागृह, अतिरिक्त क्रियाकलाप सञ्चालनको लागि आफ्नै हल तथा आकर्षक स्टेज, फुल उद्दान, बास्केटबल कोर्ट तथा प्लस टू र ब्याचलर कलेजका लागि छुट्टाछुट्टै ब्लकहरु रहेको यो संस्था बि सं २०५५ सालमा स्थापना भएको हो।FB_IMG_1660913011956.jpg

    हाल काठमाडौ महानगरका प्यब्सनका अध्यक्ष तथा राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित तथा समाजसेवी ज्ञान बहादुर श्रेष्ठ लगाएतका लामो समय सम्म शिक्षा क्षेत्रमा लागेको ब्याक्तित्वहरुबाट स्थापित तथा संचालित यस विट्स एकेडेमी समयानुकूल आवश्यक संकायहरु राखि विभिन्न प्रभावकारी गतिविधि अनि खेलकुद साथै विभिन्न प्रकृतिका क्रियाकलापका लागि परिचित छ। यसको आफ्नै यावत सुविधा, विशेष  कम्प्युटर ल्याब, साइन्स ल्याब, एचएम (HM) ल्याब तथा अनुभवी एवम्  दक्ष  संकाय सदस्यहरुको संलग्नता  यसको  विशेष  परिचय हुन् । बिद्यालयको प्ले ग्रुप देखि कक्षा १० सम्म र थप + २ (विज्ञान, मानविकी , व्यवस्थापन )  संकाय छन  र कलेज तर्फ  हाल बीबीएस (टीयू सम्बन्धन प्राप्त) संचलित छ। त्यसैगरि स्नातक तहमा बीसीए (BCA)  र बीएसडब्ल्यू (BSW) जस्ता संकायहरु पनि प्रस्तावित छन । यसै सन्दर्भमा शैक्षिक खोज मिडिया bidharthi.com का प्रधान सम्पादक टंकप्रसाद जोशीले विट्स एकेडेमिका प्रिन्सिपल ज्ञानबहादुर श्रेष्ठ संग गरिएको अन्तर्वार्ता जस्ताको तेस्तै ।

    • विट्स (Wits) एकेडेमी/ कलेज यस क्षेत्रकै उत्कृष्ट कलेजको रुपमा कसरी  स्थापित  भयो? नतिजा कस्तो आइरहेको छ ?

    - यस स्थानीय क्षेत्रको माग र बदलिँदो परिवेशको अवस्था हेरेर स्थापना गरिएको हुनाले यस कलेजले आफ्नो बेग्लै पहिचान बनाएको हो । सम्पूर्ण रूपमा यसको श्रेय यहाँका स्थानीय वासिन्दा र फिडर शैक्षिक संस्थाहरूमा जान्छ । हाम्रो प्रभावकारी फ्याकल्टी पनि यस्को मुख्य कारण मध्य पर्दछ।  प्रारम्भदेखि नै यस संस्थाको नतिजा उत्कृष्ट र उल्लेखनीय छ । उच्च ग्रेडिङका साथै सतप्रतिशत राम्रो छ भन्न पाउदा हामीलाई  गर्व लाग्छ ।

    • विट्स (Wits) एकेडेमी/ कलेजले विद्यार्थीको कुन पक्षलाइ ध्यानमा राखेर अध्यापन गराइरहेको छ?

    - मुख्यत: विद्यार्थीको रुचि र मनोवैज्ञानिक अवस्था हेरेर यहाँ पढाइने गरिन्छ । पाठ्यक्रमको व्यवस्था र आवश्यक खेलकुद सँगै लैजाने हाम्रो विधि विद्यार्थीले औधी रुचाएका छन् । विभिन्न खाले प्रतिभा टेवा दिने काम पनि सक्दो भैरहेको छ । सिकारुकेन्द्रित भई जसरी हुन्छ, उनीहरूको स्तरीय पठनपाठन अनि सर्वाङ्गीण विकासको पक्षधर हामी छौँ भन्दा खुशी लाग्छ ।

    • हाल कलेजमा कुन–कुन फ्याकल्टी अध्यापन भइरहेको छ ? विद्यार्थीहरुका लागि स्कुल / कलेजमा अध्ययन गर्ने वातावरण र ल्याब हरुको ब्यबस्था कस्तो छ?

    - अहिले यहाँ विज्ञान, कम्प्युटर विज्ञान, टुरिजम र माउन्टेनरिङ्ग तथा होटेल म्यानेजमन्टसहित व्यवस्थापन संकाय चलेका छन् । आवश्यक ल्याबको राम्रो व्यवस्था छ । बजारभन्दा पर एकान्त ठाउँँ अनि शान्ता वातावरण विट्सको विशेषता नै हो भन्नसकिन्छ । समयको माँग सुहाउने अन्य विषय पनि सङ्लग्न गराउँदै जाने हाम्रो लक्ष छ ।IMG-e81541a4a2305b54c4df67121da2fb92-V.jpg

    • विद्यार्थीले विट्स एकेडेमी/ कलेज नै किन रोज्ने ?

    - धेरैभन्दा धेरै आवश्यकताका विषय पठनपाठनका लागि आफ्नै फराकिलो परिसर, गाडी, ल्याब र शान्त एकान्त स्थान सहज भएकाले विद्यार्थीवर्गको ध्यान प्राय विट्सतिर पर्नेगरेको छ र मैत्रिपूर्ण शिक्षणविधि बुझ्ने जोकोहीले हाम्रो शैक्षिक संस्था छान्नुको विकल्प भेट्दैनन् । विभिन्न नाम चलेका संस्थाहरूमा इन्टर्न्शीप गराउने र रोजगारीसमेतको व्यवस्थापन हामीले हाम्रो कर्तव्यभित्रै राखेका छौं । गत बर्ष हामिले Hotel Management का विद्यार्थीलाई होटेल हायात जस्तो ५ तारे होटेलमा Internship को व्यवस्था गरेका थियौ।IMG-d3a54b8121b84bf6d317463d17967cc9-V.jpg

    • शिक्षा क्षेत्रमा आवद्ध हुनुहुन्छ, पछिल्लो समय नेपालमा गुणस्तरीय शिक्षा नहुदा बाहिरिने विद्यार्थी संख्या दिन प्रती दिन बढ्दो छ। अध्यायनकै लागि विद्यार्थी बाहिर जादा बार्षिक अर्बौं पुजि बाहिरिएको छ।  यसलाइ कसरी रोक्ने?

    - विद्यार्थी बाहिरिने निश्चित केही सन्दर्भबाहेक देशै खाली गरेर विदेश पठाउने कार्य सही छैन । स्तरीय अनि व्यवहारोपयोगी शिक्षा भए धेरैजसो विद्यार्थीलाई देशमै रोकी शिक्षा र विकासका अनेकन कार्य प्रोत्साहित गर्नसकिने थियो । सकेको गर्न हामी अग्रसर छौं ।FB_IMG_1660912973199.jpg

    • शैक्षिक क्षेत्रमा यहाँको लामो अनुभव छ । नेपालको शिक्षा र शैक्षिक प्रकृयामा समस्या के के हुन। र यसलाइ निराकरण गर्न के गर्नुपर्ला?

    - समस्या नभएको के पो भेटिन्छ र ! हिँजो विद्यार्थी टिचर खोजेर कक्षामा आउँथे आज विद्यार्थी खोज्दै टिचर जानुपर्ने भएको छ । शिक्षककेन्द्रित तरिकाका ठाउँँमा अहिले सिकारुकेन्द्रित टाठो व्यवस्था रहेबाट स्थितिले अर्कै मोड लिएको प्रतीत हुन्छ । तालमेल गर्ने गराउने कुरामा हामी सबै चनाखो बस्नुपर्ने भएको छ, हामी कटिबद्ध छौँ । जेसुकै भनेपनि नेपाल विकसित हुनुपर्छ । रोजगारीको व्यवस्था सिर्जना गर्नुपर्छ । जीवनस्तर उकास्ने काम अझ बढाउनुपर्छ । वास्तबमा नेपालित्व जगाउने शिक्षा हुनुपर्छ र रोजगारी प्रावधान गरिनुपर्छ । भनेजस्तो भए बाहिरिने विद्यार्थी रोकिने थिए अनि देशको बेग्लै रौनक हुनेथियो ।    

    • विट्स एकेडेमी / कलेजको आगामी योजनाहरु के-के छन् ?

    - गुणस्तरीय शिक्षाको हब बन्दै जीवनोपायोगी शिक्षाको अर्को नाम विट्स हो भन्नेकुरा पुष्टी गर्दै जाने हाम्रो लक्ष छ । औसत आय भएका अविभावकले पनि छोराछोरी पढाउन सकून् भन्ने अभिप्रायले खोलिएको यो संस्था जुनासुकै तह र तप्काका विद्यार्थीको सिकाइको पर्यायका रूपमा चर्चित बनाउने हाम्रो लक्षमा हामी अडीक छौँ । यसका लागि नयाँँ विषय थप गर्दै आवश्यक सबै उपाय हामी अवलम्बन गर्दैजानेछौँ । यसै बर्षबाट राम बहादुर तथा बुद्धिमाया छात्रवृत्ति कोषको स्थापना गर्दै यो कोषबाट साइन्समा २० जना र अन्य फ्याकल्टिमा १५ जनालाई छात्रवृत्तिको घोषणा गरेको कुरा तपाइहरुको मिडिया bidharthi.com बाट जानकारी गराउदछौ।Screenshot_20220819-182957_Google.jpg

    • अन्त्यमा पछिल्लो समय युवाहरु कुलतमा फस्दै गएको परिप्रेक्षमा एकेडेमी/कलेजले विद्यार्थीहरुलाई कुलतमा फस्न नदिन के गरिरहेको छ ?   

    - युवा र कुलत सम्वेदनशील शब्द हुन् । युवा शक्ति कुलतमा फस्नबाट रोक्न अथवा यस्तो समस्या न्युनिकरण गर्न हामीले समय समयमा सम्बन्धित क्षेत्रका विज्ञ ल्याउने र अन्तरक्रिया  गराउने, शैक्षिक भ्रमण गराउने, विभिन्न अतिरिक्त कक्षाहरूमा संलग्न गराउनेजस्ता रचनात्मक कार्यहरू आयोजना गर्दै आएका छौँ र पृष्ठपोषण सकारात्मक रही आएको छ ।

     

    images
    शुक्रवार, भाद्र ३ २०७९०६:२६:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार