Jul 27 2026 | २०८३, श्रावण ११ गते

शत–प्रतिशत नतिजाको लागि निर्वाण (Nirvana) कलेज ।

शत–प्रतिशत नतिजाको लागि निर्वाण (Nirvana) कलेज ।

  • 2.1K
    SHARES

  • शत–प्रतिशत नतिजाको लागि निर्वाण (Nirvana) कलेज ।

    साउन, २१ काठमाडौ । ललितपुरको शैक्षिक हबका रुपमा चिनिने कुमारीपाटीमा भौतिक पूर्वाधारले सम्पन्न आफ्नै भवनमा विगत २३ वर्षदेखि पूर्वमेचिदेखि पश्चिमकालीसम्मका शिक्षार्थीहरुलाई उत्कृष्ट, गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको निर्वाण स्कुल एण्ड कलेज उपतयकाको उत्कृष्ट कलेजहरुमध्ये एक हो । लामो समय शैक्षिक क्षेत्रमा लागेका प्राज्ञिक समूहबाट सञ्चालित निर्वाण स्कुल एण्ड कलेजमा मन्टेसरीदेखि स्नातक तहसम्मको पठन–पाठन सञ्चालनमा रहेको छ ।1.jpg

    +२ तहमा विज्ञान, व्यावस्थापन, मानविकी, कानुन तथा शिक्षाशास्त्र सङ्कायका साथै स्नातकमा बी.बी.एस.पठन–पाठन सञ्चालनमा रहेको छ । विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा लागि आफ्नै फुटसल ग्राउण्डका साथै विज्ञान, होटेल म्यानेजमेन्ट तथा कम्प्युटर साइन्सका वेल इक्वीप्ट ल्यावहरु रहेका छन् । यसै क्रममा कलेजको शैक्षिक, भौतिक तथा विद्यार्थीहरुको अध्ययनको विषयसँग सम्बन्धित रहेर विद्यार्थी मिडिया एण्ड टेक्नोलोजी अन्तर्गत bidharthi.com का सम्पादक टंक प्रसाद जोशीले कलेजका सह–प्राचार्य श्री पासाङ शेर्पासँग गरिएको कुराकानी ।FB_IMG_1659843850084.jpg

    https://nirvanacollege.edu.np/admission-application-form/

     

    १.निर्वाण कलेज यस क्षेत्रकै उत्कृष्ट कलेजको रुपमा कसरी स्थापित भयो ? नतिजा कस्तो आइरहेको छ ?

    आजभन्दा करिव २३ बर्षअगाडि स्थापना भएको निर्वाण कलेजले उपत्यकाकै उत्कृष्ट कलेजको रुपमा आफ्नो पहिचान बनाएको छ । हाल ललितपुर जिल्लाको शैक्षिक केन्द्र विन्दुको रुपमा परिचित कुमारीपाटीमा रहेको यस कलेजले मध्यम शुल्कमा उत्कृष्ट र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । यस स्कुल एण्ड कलेजले शैक्षिक सत्र २०७७ को एस.एल.सी.मा शत–प्रतिशत नतिजा निकालेको छ । लामो समयदेखि शैक्षिक क्षेत्रमा निरन्तर कार्य अनुभव भएको प्राज्ञिक वर्गहरुद्वारा स्थापना गरिएको यस निर्वाण कलेजले हरेक बर्ष सर्वोत्कृष्ट वा शत–प्रतिशत नतिजा दिन सफल भएको छ ।7.jpg

    २. निर्वाण कलेजले विद्यार्थीहरुको कुन पक्षलाई ध्यानमा राखेर अध्यापन गराइरहेको छ ?

    यस कलेजले विद्यार्थीहरुको मनोवैज्ञानिक पाटोलाई बुझेर व्यवहारिक र सैद्धान्तिक दुबै पक्षलाई ध्यान दिदै सीपमूलक सिकाइलाई महत्व दिदै आइरहेको छ ।

    ३. हाल कलेजमा कुन–कुन फ्याकल्टी अध्यापन भइरहेको छ ? कति विद्यार्थी अध्ययनरत छन् ?

    निर्वाण कलेजले स्थपनाकालदेखि साइन्स, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मानविकी, कानुन तथा शिक्षाशास्त्र संकायको अध्यापन भइ्रहेको छ । त्यस्तै यस कलेजले स्नातक तहको व्यावस्थापन संकायको बी.बी.एस. प्रोग्राम सञ्चालन गरिरहेको छ । सबै संकायमा करिव ७५० विद्यार्थीहरु अध्यायनरत छन् ।5.jpg4.jpg

    ४ . विद्यार्थीहरुका लागि विद्यालय तथा कलेजमा अध्ययन गर्ने वातावरण र ल्याबहरुको व्यावस्था कस्तो छ ?

    निर्वाण कलेजमा विद्यार्थीमैत्री साथै प्रविधिमैत्री तथा शान्त वातावरणमा अध्यापन गराइन्छ । साथै यस कलेजको साइन्स, होटेल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याबहरु सुविधा सम्पन्न छन् ।

    ५. निर्वाण कलेज नै किन रोज्ने ?

    निर्वाण कलेजले प्रथमतः प्रत्येक विषयलाई ५ वटा चरणमा केन्द्रित गरेर अध्यापनको पाटोलाई व्यवस्थित गर्दछ । निर्वाण कलेजको आफ्नै सुविधा सम्पन्न भवन तथा प्रविधिमैत्री कक्षा–कोठा साथै साइन्स, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स जस्ता बिषयका लागि व्यावस्थित ल्याबको ब्यवस्था गरिएको छ । अतिरिक्त क्रियाकलापका लागि खेल मैदान तथा आफ्नै फुटसल ग्राउण्ड, आफ्नै महिला तथा पुरुष होस्टेलको व्यावस्था छ । मुख्य कुरा निर्वाण कलेजले शैक्षिक गुणस्तरसँग कहिले पनि सम्झौता गर्दैन ।10.jpg

    ७. शैक्षिक क्षेत्रमा यहाँको लामो अनुभव छ । नेपालको शिक्षा र शैक्षिक प्रक्रियाका समस्याहरु के के हुन ? यसलाई निराकरण गर्न के गर्नुपर्ला ?

    वास्तवमै भन्नु पर्दा हाम्रो मूल्याङ्कन प्रणालीमा नै सुधार ल्याउनु पर्ने देखिन्छ । ३६५ दिन लामो समय सिकाइएका विषयवस्तु तीन घण्टाको अवधिमा मूल्याङ्कन गर्नुपर्ने व्याध्यात्मक स्थिति छ । अन्तर्राष्ट्रिय स्तरको शैक्षिक कार्यक्रमहरु सञ्चालन गरेमा दैनानुदिन विद्यार्थीहरु विदेशिने क्रमलाई केही हदसम्म रोक्न सकिन्छ ।6.jpg

    ८. कलेजका आगामी योजनाहरु के–के छन् ?

    निर्वाण कलेजले मन्टेश्वरीदेखि स्नात्तकतहसम्म पठनपाठन गर्दै आइरहेको छ। हाम्रो मुख्य लक्ष्य भनेको त शैक्षिक गुणस्तरलाई अझ उत्कृष्ट बनाउने नै हो । योसँगै हामीले निकट भविष्य मै स्नातक तहमा BHM, BBA\, BCA\, BSW\ साथै स्नाताकोत्तर तह पनि सञ्चालन गर्ने योजना रहेको छ ।12.jpg

    ९.अन्त्यमा पछिल्लो समय युवाहरु कुलतमा फस्दै गएको परिप्रेक्षमा कलेजले विद्यार्र्थीहरुलाई कुलतमा फस्न नदिन के गरिरहेको छ ?

    पछिल्लो समय युवा पुस्ता कुलतमा फस्ने प्रवृत्ति दिनानुदिन बढ्दो छ । यसको निराकरण गर्न निर्वाण कलेजले यस्तो क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्थाहरुसँग मिलेर अभिमुखिकरण कार्यक्रम आयोजना गर्ने गर्दछ । साथै अभिभावकसँग सहकार्य गर्दै विद्यार्थीहरुले गर्ने गतिविधिलाई मध्यनजर गर्दै विविध चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने गर्दछ । 9.jpg

    images
    आइतवार, श्रावण २२ २०७९०९:२६:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार