मंगलवार, भाद्र ७ २०७९
भदौ, ७ काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरअन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् । मेयर शाहले कुनै पनि राजनिती दल संग आबधता भएका शिक्षकहरुलाइ यस्तो निर्देशन दिएका हुन ।
मंगलबार राति प्रेस विज्ञप्ति जारी गर्दै मेयर शाहले भनेका छन्, ‘राजनीतिक आबद्धता कायम राखेको भएमा काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आबद्धता तत्काल त्याग गरी कानुनको परिपालना गर्न यसै विज्ञप्तीमार्फत् सूचित गरिन्छ ।’
उनले दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता लिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थालाई पनि उनले अपिल गरेका छन् ।
मेयर शाहले यदि दलसँगको आबद्धता त्याग नगरे सार्वजनिकरुपमा उजुरी आहृवान गरी वा अन्य उपाय बमोजिम प्राप्त सूचनाको आधारमा कानुनी कारबाही अगाडि बढाउने नीति अख्तियार गरिने भन्दै चेतावनी समेत दिएका छन् ।<0> मेयर शाहले महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था रहेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।