बुधवार, माघ २१ २०७७
बाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले चौथो तह र पाँचौ तहका लागि कर्मचारी माग गरिएको विज्ञापनमा ९० हजार भन्दा बढीले परिक्षा दिदै छन् । प्रदेशका १३ जिल्ला र अरु प्रदेशबाट समेत परिक्षार्थीले परिक्षा दिनका लागि फर्म भरेका छन् ।
चौथो तहको केहीको परिक्षा सकिएको छ भने केहीको परिक्षा हुँदै छ । चौथो तहको परिक्षामा प्रवेसपत्र लिनका लागि हेटौंडाको प्रदेश लोकसेवा कार्यालयमा एक हप्ता दिन सम्म निकै भिड लागेको छ ।
कर्मचारी अभाबका कारण काम गर्न निकै कठिनाइ भएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले वताउनुभयो ।प्रदेश लोकसेवा आयोगको हेटौंडा स्थीत कार्यालयमा ४९ जना कर्मचारीको दरवन्दीमा १२ जना मात्र कार्यरत रहेको र प्रदेश सरकारसंग कर्मचारी माग गर्दा पनि सुनुवाइ नभएको आयोगका पदाधिकारीहरु वताउँछन् ।
चौथो र पाँचौ तहको परिक्षा सञ्चालन गर्नका लागि कर्मचारी अभाबकै कारण निकै कठिनाइ बेहोर्नु परेको छ । कर्मचारी अभाबकै कारण काम गर्न नभ्यार तोकिएको परिक्षा समेत सरेको छ । यही माघ २८ र २९ गतेका लागि तोकिएको अनमी र अहेबको परिक्षा फागुन १५ गते र १८ गतेका लागि सारीएको अध्यक्ष श्रेष्ठले वताउनुभयो ।
प्रदेश लोकसेवा आयोगले खोलेको विज्ञापनमा चौथो तहमा मात्र समावेसी सहित ६२ हजार जनाले फर्म भरेका थिए । त्यस मध्यमा ४० हजार जनाले परिक्षा दिदैछन् । केहीको परिक्षा सकिएको छ । पाँचौ तहमा ५० हजार जनाले फम भरेर परिक्षा दिदैछन् । प्रदेशबाट पहिलोपटक विज्ञापन गर्दा धेरैले परिक्षाका लागि फम भरेको र परिक्षा दिनका लागि हेटौंडा सम्म आउनुपर्दा समस्या समेत बेहोर्नु परेको छ ।

प्रवेसपत्र लिने बिद्यार्थीको भिड लोकसेवा कार्यालय हेटौडा !
चौथो तहको परिक्षामा अनलाइन सिस्टम नहुँदा प्रवेसपत्र लोकसेवा आयोगको कार्यालयमै आउनुपर्दा धेरैले समस्या बेहोर्नु परेको छ । हेटौंडामा कोठा नपाउने, पाइहाले पनि होटलवालाले महगोमा दिनेलगाएतका कारणबाट विद्यार्थीले समस्या बेहोर्नु परेको छ । लोकसेवा आयोगको परिक्षा अत्यन्तै संबेदनसिल मानिन्छ । तर, पनि कर्मचारी अभाबका कारण परिक्षा सञ्चालन गर्न र त्यस भन्दा अघीका काम गर्न समस्या भएको अध्यक्ष श्रेष्ठले वताउनुभयो ।
जनापत्र बाट