Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटले गर्‍यो विद्यार्थीलाई स्वागत तथा बिदाई

काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटले गर्‍यो विद्यार्थीलाई स्वागत तथा बिदाई

  • 744
    SHARES

  • काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटले गर्‍यो विद्यार्थीलाई स्वागत तथा बिदाई

    भदौ, २६ काठमाडौ । काठमाडौको सोल्टिमेड स्थित काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटलेले विद्यार्थीहरुलाई स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ। सोमवार कमलादी स्थित प्रज्ञा भवनमा एक भब्य कार्यक्रमका बिच कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ पास भएर गएका विद्यार्थीहरुलाई बिदाई गरेको हो।

    20230911_151123.jpg

    स्वागत तथा अभिनन्दन कार्यक्रम स्कुल/कलेजका मनोज थापाले सभापतित्व गर्नुभयो भने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष मसाश्रम शर्मा प्रमुख अतिथिको रुपमा उपस्थिति रहेको थियो । कलेजका डाइरेक्टर, भाइस प्रिन्सिपल, प्रशानिक प्रमुख लगाएत शिक्षक कर्मचारीहरुको उपस्थिती रहेको कार्यक्रम कक्षा ११ र १२ का कोर्डिनेटर राजन श्रेष्ठले संचालन गर्नुभयो। कार्यक्रममा कलेजको तर्फबाट एकेडमी डाइरेक्टर टंक प्रसाद गैरेले स्वागत मन्तव्य दिनुभयो। विद्यार्थीका तर्फबाट मन्जरी रिजालले स्वागत मन्तव्य दिइन।

    FB_IMG_1694790418822.jpg

    कार्यक्रममा कक्षा १२ मा ३.७ जिपिए ल्याएर कलेज टप गर्ने कानुन संकायका रनिस मानन्धर लगाएत उत्कृष्ट जिपिए ल्याएर पास हुने विद्यार्थीहरुलाई बिशेष सम्मान सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो भने अन्य पास भएर गएका विद्यार्थीहरुलाई मायाको चिनो साहित्य सम्मान गरिएको थियो।

    कार्यक्रममा कलेजका प्रिन्सिपल मनोज थापाले कक्षा ११ मा भर्ना भएर आएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै कक्षा १२ पास भएर गएका विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्राको सफलताको शुभकामना दिनुभयो। उहाँले विद्यार्थीहरु कक्षा १२ पड्ने बित्तिकै बिदेश जाने प्रचलन रहेको भन्दै सकेसम्म आफ्नै देशमा पढ्न र मिहेनत गर्न सुझाव दिनुभयो।

    FB_IMG_1694790449638.jpg

    त्यसैगरी कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम सर्माले मन्तव्य दिनुभयो। उहाँले कक्षा १२ पढिसकेपछी विद्यार्थीहरुको मन नेपाल भित्र हुदैन भन्दै सकेसम्म आफ्नै देशमा पढ्न सुझाव दिनुभयो। उहाँले नेपाल भित्र हाम्रो भविष्य केछ भनेर खोज्नुपर्ने धारणा ब्यक्त गर्नुभयो। नेपाल भित्र हाम्रो भविष्य केछ भनेर हामी खोज्न चाहेका छैनौ बरु बिदेश जाने कुरा गर्दैछौ त्यसले क्षतिहुने बरु आफुले प्रात गरेको ज्ञान र सिपलाई आफ्नै देश र समाजमा कति लागू सकिन्छ त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो।

    उक्त कार्यक्रममा कलेज टपर कक्षा १२ मा ३.७ जिपिए ल्याएर कलेज टप गर्ने कानुन संकायका रनिस मानन्धरले आफुले गरेको मिहेनत र कलेजको पठनपाठन बिषयमा छोटो मन्तव्य दिए। त्यसै ब्यबस्थापन संकायका कसिस दंगालले आफ्नो अनुभव शेयर गरे।

     

    कार्यक्रममा ट्यालेन्ट सो मार्फत 'सेन्ट्रल स्टेट आइकन' सेलेक्ट गरिएको थियो।

    20230911_161429.jpg

     

    images
    मंगलवार, भाद्र २६ २०८००८:१९:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार