Jul 27 2026 | २०८३, श्रावण ११ गते

छात्रालाई जबरजस्ती करणी गरेकाे अभियोगमा शिक्षक पक्राउ

छात्रालाई जबरजस्ती करणी गरेकाे अभियोगमा शिक्षक पक्राउ

  • 711
    SHARES

  • छात्रालाई जबरजस्ती करणी गरेकाे अभियोगमा शिक्षक पक्राउ

    भदौ, ३१ काठमाडौ । विद्यार्थीलाई जवर्जस्ती गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका एक शिक्षकले करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

    शिक्षक लक्ष्मीप्रसाद शाहले कक्षा ९ मा अध्ययरत १३ वर्षीय छात्रालाई जबर्जस्ति करणी गरेको अभियोगमा भदौ २८ गते साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । सप्तरीको महादेव गाउँपालिका‐२ का लक्ष्मीप्रसाद शाह बिगत २ बर्ष देखि उक्त बिद्यालयमा कार्यरत रहेको बताइएको छ।

    निज शिक्षकलाइ जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । उनका अनुसार बालिकाको स्वास्थ्य अवस्था सामान्य छ । रासस

     

    images
    आइतवार, भाद्र ३१ २०८००९:२३:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार