सोमवार, आषाढ १० २०८१
असार, १० गते । काठमाडौ महानगरपालिका वडा नम्बर ३२ बसुन्धारामा अवस्थित गुणस्तरीय र ब्यबहारिक शिक्षाको लागी नेपालकै पहिलो +२ ल पढाई हुने ऋत (HRIT) एकेडेमी काठमाडौ उपत्यका भरिकै उत्कृष्ट कलेज हो। कुशल नेतृत्व, शिक्षक कर्मचारीको परिश्रम र अभिभावकको विश्वासका कारण यस विद्यालयले प्राप्त गरेको सफलता अत्यन्तै लोभलाग्दो छ।
''Smarts Choice for Smart Students'' कलेजको मुल मन्त्र हो। HRIT कलेजमा Science, Management & Law (बिज्ञान, ब्यबस्थापन र कानुन) बिषयको पठनपाठन हुने गर्दछ। साथै कलेजले निरन्तर उत्कृष्ट नतिजा पस्किदै आइरहेको छ।

कलेजमा हाल ८ सय भन्दा बढी विद्यार्थीहरु पठनपाठन गर्दै आएका छन। १७ रोपनी जमिनमा सुबिधासम्पन भवन सहित बिषयगत ल्याब, पुस्तकालय, कम्प्युटर ल्याब, डिजिटल कक्षाकोठाको ब्यबस्था गरिएको छ साथै कानुन पढ्ने विद्यार्थीहरुको लागि नियमित बहस र लेखनको अभ्यास गराउने तथा आवधिक रुपमा अदालतमा भिजिट गराउने कार्य समेत गर्दै आएको छ।

यसका अलावा कलेजले शैक्षिक गतिविधी बाहेक अन्य कुरामा पनि ध्यान दिने गरेको छ। विद्यालयले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि जोड दिदैँ आएको छ। यस कलेजमा खेलकुदका लागि फरक फरक भलिबल र बास्केटबल कोर्टको व्यवस्था गरिएको छ। यस विद्यालयले उपत्यका भित्रका विद्यार्थीका लागि यातायातको सुलभ व्यवस्था रहेको छ।

कलेजमा अनुभवि तथा दक्ष शिक्षक भएका कारण विद्यार्थीले विश्वविद्यालय तहका प्रवेश परीक्षामा सर्बोत्कृष्ट अंक ल्याउन सफल भएका छन्। ऋत एकेडमीले विद्यार्थीको व्यवहार बुझि नियम विपरित कुनै कार्य गरेमा उनीहरूलाई व्यक्तिगत परामर्श/काउन्सिलिङ उपलब्ध गराउँछ। विद्यार्थीले विश्वविद्यालय तहका कानुन, इन्जिनियरिङ तथा मेडिकल विषयमा ‘टप’ समेत गरेका छन्।

SEE रिजल्टले तात्विक रूपमा ठुलो प्रभाव पार्दैन कलेजका प्राचार्य आनन्द कुमार यादब भन्नुहुन्छ, 'करियर ओरिएन्टेड एजुकेसन कक्षा ११ बाट सुरु हुन्छ।'

एकेडेमीका कोर्डिनेटर रेवती राज त्रिपाठि भन्नुहुन्छ,‘निरन्तर राम्रो नतिजा दिँदा हामीलाई अभिभावकले विश्वास गर्नुभएको छ। शिक्षक, विद्यार्थी र अभिभावकबीच त्रिपक्षीय सम्बन्ध बनाएका छौँ। यसले विद्यालयलाई उत्कृष्ट बन्न सहयोग पुर्याएको छ।’ कलेजमा उत्कृष्ट शिक्षण पद्धति र सिकाउने सुविधाहरू छन्, जसले विशेषज्ञ उत्पादन गर्न मद्दत पुग्छ। ‘यहाँ योग्य र अनुभवी दक्ष शिक्षकहरूबाट अध्यापन हुनुका साथै विद्यालयमैत्री वातावरण छ’ उहाँले भन्नुभयो।

विद्यालयले विद्यार्थीलाई श्रव्यदृश्य सामाग्रीबाट अध्यापन गराउनुका साथै सामूहिक छलफल, सहायक पाठ्यसामग्री, सन्दर्भ पुस्तकहरू, पत्रपत्रिकाबाट विषयबस्तुहरू छनोट गर्न सिकाउछ। विद्यालयले कक्षा ११ र १२ मा कानुन, मेडिकल, इन्जिनियरिङ र व्यवस्थापन अध्ययनका अवसरहरूबारे परामर्श, व्यावसायिकता सम्बन्धि थप कक्षा सञ्चालन समेत गर्ने गरेको छ।

