Jul 27 2026 | २०८३, श्रावण ११ गते

स्वास्थ्य शिक्षा

बर्ड फ्लु के हो ? कसरी फैलिन्छ ? र रोखाथाम कसरि गर्ने ?

बर्ड फ्लु के हो ? कसरी फैलिन्छ ? र रोखाथाम कसरि गर्ने ?

  • 1.8K
    SHARES

  • बर्ड फ्लु के हो ?  कसरी फैलिन्छ  ? र  रोखाथाम कसरि गर्ने ?

    के हो बर्ड फ्लु ?

    बर्डफ्लू एभियन इन्फ्लूएञ्जा भाइरसको छोटकरी रुप हो। यो भाइरसको पुरा नाम हाइली प्याथोजोनिक एभियन इन्फ्लूएञ्जा अर्थात् एचफाइभ एनवान हो। बर्ड फ्लू कुखुरा, हाँस, टर्की लगाएत जङ्गली पक्षीहरूमा फैलिने अति सङ्क्रामक सरुवा रोग हो। यो जतिबेला जहाँ पनि फैलन सक्छ। यो रोग कहिलेकाहीँ सुँगुरमा र मानिसमा पनि देखिन सक्छ ।

    सर्वप्रथम सन् १९७८ मा पक्षीमा र सन् १९९७ मा मानिसमा बर्डफ्लु संक्रमण देखिएको थियो । बर्ड फ्लूको सङ्क्रमण देखिएको नेपाल भने ६६ औ देश हो । हावापानी माध्यमबाट यो भाइरस अत्यन्त चाडो गतिमा फैलन सक्ने भएकोले यसलाई प्राणघातक रोग पनि भनिन्छ । 

     यो फ्लु एक प्रकारको रुघाखोकी जस्तै हो जुन कुखुराको मासु, प्वाँख, सिंगान, र्याल, सूली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेको बोरा आदिको सम्पर्कबाट सर्न सक्दछ। तर डाक्टर हरुको भनाइ अनुसार ७० डिग्री भन्दा माथिको तापक्रममा राम्ररी पकाएर खाएमा रोग सर्दैन ।

    बर्डफ्लू रोगको लक्षण 

     थाहा   कुखुराको आँखा, घाटी वरिपरि सुन्निनु आँखा नाकबाट पानी चुहिनु, सिउर, लोती, खुट्टा निलो हुनु बर्डफ्लुको लक्षण हुनसक्छ यस्तो कुरामा ध्यान दिन जरुरिहुन्छ । त्यसैगरी अचानक कमजोरभई प्वाँख खस्ने, बढेका तथा पन्छीको व्यवहारमा आलस्यता बढ्नु, दाना कम खाने, फूल कम पार्ने र असामान्य भन्दा मर्न थालेको छ  भने पनि बेलैमा ध्यान पुर्याई सतर्कता अपनाउन जरुरि हुन्छ ।

    कसरि सुक्षित राख्ने कुखुरा लगाएत पन्छी हरु ?

    पन्छीको खोर र त्यसको वरिपरिको सरसफाइ गर्ने, कुखुरा पालन गरेको भए खोरमा राखेर मात्रै पाल्ने । फार्म हरुहमा काम गर्ने कामदारलाई मात्र कुखुरा लगाएत पशुपन्छी नजिक जान दिने । भिन्नभिन्न प्रजातिका चरा एक ठाउँमा नराख्ने । फार्ममा काम गर्ने कामदारलाई मात्र कुखुरा नजिक जान दिने । भिन्न प्रजातिका चरा एक ठाउँमा नराख्ने । 

    पन्छीको खोरलाई सफा सुग्घर राख्ने र  फार्म अर्थात खोरलाई नियमितरूपले चुना अथवा कीटनाशक औषधि छरेर संक्रमण मुक्त गरेर राख्नुपर्छ । पन्छीहरूलाई स्वच्छ एवं शीतल पेय जल तथा सन्तुलित ताजा दाना दिने, पन्छीको दाना तथा पानि प्रत्येक दिन बदल्ने साथै दाना पानीको भाँडा नियमित सरसफाइ गरी राख्ने । यसरी बर्डफ्लू लगाएत जीवाणु र विषाणुबाट बच्न सकिन्छ ।

    बर्डफ्लु सङ्क्रमित मान्छेमा कस्ता लक्षण देखिन्छन्?

    चिकित्सकहरूका अनुसार मानिसलाई अन्य भाइरल फ्लु लाग्दा देखिने लक्षणजस्तै बर्डफ्लुका लक्षण पनि हुन्छन्। मुख्यतः बर्डफ्लु सङ्क्रमण देखिएमा खोकी लाग्ने, ज्वरो आउँने, टाउको दुख्ने , मांसपेशी दुख्ने जस्ता लक्षण देखिन्छन । त्यसैगरी सामान्य रुघाखोकी को लक्षण देखिने,  जाडो लाग्ने, हाछ्युँ आउने र नाकबाट पानी बग्ने वा नाक थुनिने पनि हुनसक्छ ।

    यस्तो किसिमको लक्षणहरू अचानक पनि देखिन सक्छन्। तर सामान्यतया भाइरसको सम्पर्कमा आएको तीनदेखि पाँच दिनमा लक्षणहरू देखिने चिकित्सकहरू बताउँछन्।
     

    बच्ने उपाए के हुनसक्छन ?

    चिकित्सकहरूका अनुसार पोल्ट्री फर्ममा काम गर्नेले जैविक सुरक्षामा ध्यान दिनुपर्छ । फार्म अर्थात खोरमा  आवश्यक मास्क, पन्जा तथा बुट लगाएर काम गर्ने र निस्किदा राम्रोरी सरसफाई गर्न पर्छ  ।

    कुखुराको मासु राम्ररी पकाएर खानुपर्छ, ७० डिग्री सेल्सियसमा मासु पकाउँदा भाइरस मर्ने भएकोले आत्तिनु पर्दैन ।
    काँचो मासु चलाउने व्यक्तिले पनि ध्यान दिनुपर्छ, कहाँबाट मासु ल्याइएको हो भन्ने कुरा थाहा पाए झन् जाती हुन्छ ।

     

    images
    शनिवार, फाल्गुण ८ २०७७१०:५०:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार