आइतवार, फाल्गुण ९ २०७७
काठमाडौं । नेपाल सरकारले भारतको सेरम इस्न्टिच्युटसँग खरिद गरेको २० लाख मध्य कोभिड १९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप काठमाडौं आइपुगेको छ । भारतको नयाँ दिल्लीबाट १० लाख डोज खोप बोकेर एयर इन्डिया विमान आज दिउसो काठमाडौँ आइपुगेको हो ।
यो संगै सरकारले सरकारको प्राथमिकतामा रहेको जेष्ठ नागरिक, शिक्षक र सार्वजनिक यातायातका चालक र सहचालकले कोरोना खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकले फागुन २३ गतेदेखि कोरोना खोप लगाउन पाउनेछन् ।
मन्त्रालयका अनुसार औषधि पसलमा प्रयोगशालामा कार्यरत कर्मचारी र सफाइ कर्मचारी भने पहिलो चरणकै औसधि फागुन ९ र १० मा खोप लगाउन पाउनेछन ।
भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएपछि नेपालमा माघ १४ देखि कोरोना खोप अभियान सुरु गरेको थियो । यसैगरी चीन सरकारले अनुदान दिने भनिएको ५ लाख डोज समेत छिट्टै आउने बताइएको छ।