Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यार्थीहरुलाई विद्यालयमा मोबाइल ल्याउन निषेध

विद्यार्थीहरुलाई विद्यालयमा मोबाइल ल्याउन निषेध

  • 675
    SHARES

  • विद्यार्थीहरुलाई विद्यालयमा मोबाइल ल्याउन निषेध

    असोज, ३ गते । कैलालिको एउटा विद्यालयले विद्यार्थीहरुलाई विद्यालयमा मोबाइल ल्याउन निषेध गरेको छ। गौरिगंगा नगरपालिका वडा नम्बर ८ लिक्मामा अवस्थित जनप्रिय माद्यामिक विद्यालयले मोबाइल तथा अन्य डिजिटल डिभाइसहरु ल्यान निषेध गरेको हो।

    केही विद्यार्थीहरुले मोबाइल ल्याउँदा उनीहरुको पठनपाठनमा बाधा सिर्जना भएको साथै कक्षामा अनुशासन कायम गर्न असहज भएको हुँदा कक्षा १ देखि १२ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई कुनै पनि बाहानामा विद्यालयमा मोबाइल फोन ल्याउन र प्रयोग गर्न पूर्णरुपले निषेध गरिएको बिद्यालयले जारि गरेको सुचनामा उल्लेख छ।

    विद्यालयको निर्देशनलाई अटेर गरी मोवाइल ल्याएको थाहा भएमा वा विद्यालय प्रशासनले चेकजाँच गर्दा मोवाइल लगायतका डिजिटल डिभाइसहरु विद्यालयमा ल्याएको भेटिएमा सामाग्री जफत गरी सम्बन्धित विद्यार्थीहरुलाई कारबाही गरिने समेत सुचित गरेको छ।

    FB_IMG_1726637926575.jpg

    images
    बिहिवार, आश्विन ३ २०८१०७:५९:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार