Jul 27 2026 | २०८३, श्रावण ११ गते

लोकसेवा सम्बन्धि महत्वपूर्ण सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा सम्बन्धि महत्वपूर्ण सामग्री (वस्तुगत प्रश्नोत्तर)

  • 1.5K
    SHARES

  • लोकसेवा सम्बन्धि  महत्वपूर्ण सामग्री (वस्तुगत प्रश्नोत्तर)

    १.  अन्तर्राष्ट्रिय उडानक्रममा हुने जोखिमवापत विदेशी र नेपाली यात्रुले पाउने बीमा लगायतका सुविधा समान हुने गरी मन्ट्रियल महासन्धि कहिलेदेखि लागू भएको हो ?
     वि.सं. २०७५ मङ्सिर २९ (सन् २०१८ डिसेम्बर १५)
    –    नागरिक उड्डयन सम्बन्धी महत्त्वपूर्ण सो सन्धि मङ्सिर २९ देखि नेपाली वायु सेवा कम्पनी र यात्रुमा पनि लागू भएको । गत भदौ ७ गते नेपालको संसद्बाट ‘अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि’ पारित भएको र सो महासन्धि नेपालले आइकाओमा बुझाएको ६० दिन भएपछि लागू भएको ।
    –    यसअघि नेपालले वार्सा महासन्धि र हेग प्रोटोकल अनुसार हवाई बीमा दावी गर्नुपर्दा प्रतिव्यक्ति २० हजार अमेरिकी डलर पाउने गरेकोमा मन्ट्रियल महासन्धि लागू भएपश्चात् सो बीमा वापत एक लाख ६० हजार अर्थात करिव पौने दुई करोड रुपियाँ पाउने ।
    –    सन् १९९९ मे २८ मा अन्तर्राष्ट्रिय हवाइयात्रुको सुरक्षा सम्वन्धमा क्यानडाको मन्ट्रियलमा पारित नागरिक उड्डयन सम्वन्धी अन्तर्राष्ट्रिय महासन्धिलाई मन्ट्रियल महासन्धिका रूपमा चिनिन्छ । सो महासन्धि सन् २००३ देखि कार्यान्वयनमा आएको हो ।
    –    संसारभरिका अन्तर्राष्ट्रिय उडानका वायुसेवा र हवाई यात्रुका लागि एउटै नियम र शर्त लागू गराउनु यस महासन्धिको उद्देश्य रहेको छ ।

    २. सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनःस्थापना हुने फैसला कहिले भएको हो ?
     विसं २०७७ फागुन ११ ।
    – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसमा विघटन गर्ने २०७७ पुस ५ गतेको सरकारको निर्णय बदर गर्ने फैसला गरेको । विघटनका पूर्वसर्त पालना नभएको तथा नेपालले अवलम्बन गरेको संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संविधानबमोजिम बाहेक असीमित अधिकार नरहेको भन्दै बदर गरेको ।
    – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले सो फैसला गरेको । त्यस्तै, इजलासले १३ दिनभित्र अधिवेशन आह्वानको पनि परमादेश गरेको ।
    – प्रधानमन्त्री नियुक्ति नै हुन नसक्ने अवस्था रहेमा वा विश्वासको मत प्राप्त गर्ने आधार नभएमा मात्र विघटन गर्न सक्ने परिकल्पना संविधानको धारा ७६ ले गरेको व्याख्या अदालतले गरेको ।

    ३. झापामा नेपाल–चीनमैत्री औद्योगिक पार्क शिलान्यास कहिले गरियो ?
     विसं २०७७ फागुन १६ ।

    ४. नेपाल टेलिभिजनद्वारा साप्ताहिक रूपमा संस्कृत भाषामा समाचार प्रसारण गर्न कहिलेदेखि थालिएको हो ?
     वि.सं. २०७५ असोज ६

    ५. युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार–२०७७ कसलाई प्रदान ग¥यो ?
     खेल पत्रकार कमल खत्री (पुरस्कार राशी ः ५० हजार) ।

    ६.  हाल गोरखापत्रमा कति भाषामा सामग्री प्रकाशित हुने गरेको छ ?
     ३८

    ७. फेवातालको चार किल्ला निर्धारणपश्चात् यसको क्षेत्रफल कति कायम भएको छ ?
     ५.७२६ वकिमि (११,२५५ रोपनी ११ आना एक पैसा) ।
    – गण्डकी प्रदेशले २०७७ फागुन १६ मा पत्रकार सम्मेलनमार्फत समितिको प्रतिवेदन सार्वजनिक गरेको । त्यस्तै, सीमारेखाको, परिधि १८ किमि निर्धारण गरिएको ।
    – तालको चार किल्ला कायम हुन नसक्दा बढ्दो अतिक्रमण हटाउन समस्या भएपछि गण्डकी प्रदेश सरकारले गठन गरेको ‘चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समिति’को प्रतिवेदनका आधारमा चार किल्ला कायम गरिएको । समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्द्वारा चार किल्ला निर्धारण गरिएको थियो ।
    – समितिले तालवरपर रहेका जनप्रतिनिधि, स्थानीय तथा ज्येष्ठ नागरिकसँगको अन्तरक्रिया, फेवातालमा मिसिन आउने खोलाको अवस्थिति र आकार, फेवा बाँधको उचाइ र वर्षाको समयमा पानीले ओगट्ने क्षेत्रफल, फेवातालका हालसम्म भएका अध्ययन प्रतिवेदनको विश्लेषण र दूरसंवेदन तथा भू–भौतिक अध्ययनमार्फत क्षेत्रफल कायम गरेको गण्डकी प्रदेश सरकारले जनाएको । तालको पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खर्पाैंदी–चङ्खपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानीवन क्षेत्र रहेको ।
    विगतको अध्ययन
    – विभिन्न अध्ययन प्रतिवेदनका आधारमा फेवातालको क्षेत्रफल तोकिँदै आएको थियो ।
    – यसअघि पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित आयोगले गरेको अध्ययनअनुसार फेवातालको क्षेत्रफल ६.५४ वकिमि (१२,८७४ रोपनी)
    तोकिएको थियो ।
    – २०३८ मा यूएनडीपीले गरेको अध्ययनले फेवातालको क्षेत्रफल ५.८ वकिमि (११,४०० रोपनी) तोकेको थियो ।
    – तालको क्षेत्रफल २०१८ सालमा १० वर्गकिलोमिटर रहेको जनाइएको ।

    ८. नेपालमा सबैभन्दा बढी पाटेबाघ पाइने राष्ट्रिय निकुञ्ज कुन हो ?
     चितवन राष्ट्रिय निकुञ्ज ।

    ९. १०. कतारको दोहा बैङ्क लिमिटेडले नेपालमा प्रतिनिधि कार्यालय कहिलेदेखि सञ्चालनमा ल्याएको हो ?
     वि.सं. २०७५ पुस ४ गते ।

    श्रीलङ्काको परिवर्तित व्यवस्थापकीय राजधानी कुन हो ?
     श्री जयवर्धनेपुरा (कोलम्बो कार्यपालिकीय र न्यायिक राजधानी रहेको ।)

    १०. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
     माल्दिभ्स ।
    – (नेपालले सन् २०१६ अक्टोबर २४ मा यो सम्झौता अनुमोदन गरेको ।)

    ११. डट्स प्लस उपचार कुन रोगसँग सम्वन्धित छ ?
     क्षयरोग ।

    १२. श्रीलङ्काको परिवर्तित व्यवस्थापकीय राजधानी कुन हो ?
     श्री जयवर्धनेपुरा (कोलम्बो कार्यपालिकीय र न्यायिक राजधानी रहेको ।)

    १३. चाणक्य नामले पनि चिनिने कौटिल्यको वास्तविक नाम के हो ?
     विष्णु गुप्त ।
    १४. भन्सार विभागद्वारा निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) अनिवार्य गर्ने व्यवस्था कहिले
    भएको हो ?
     विसं २०७४ साउन १ ।
    १५. अन्तर्राष्ट्रिय मातृभाषा दिवस कहिले मनाइन्छ ?
     फेब्रुअरी २१ ।
    – (सन् २००० देखि २१ फेब्रुअरीलाई विश्वभरि नै मातृभाषा दिवसका रूपमा मनाउन थालिएको ।)

    १६. कुपोषण समस्या समाधान गर्न नेपालमा सञ्चालित दोस्रो बहुक्षेत्रीय पोषण योजनाको अवधि कुन हो ?
     सन् २०१८–२०२२ ।
    – (पहिलो बहुक्षेत्रीय पोषण योजना अवधि ः २०१३–२०१८) ।

    १७. २०७७ फागुन १४ मा महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा प्रेमसागरी देवी निधि पुरस्कारबाट क–कसलाई सम्मान गरियो ?
     होमनाथदाहाल (वरिष्ठ पत्रकार), डा. रामदयाल राकेश
    (साहित्यकार), काशीदेवी झा र गिरिराजकुमारी प्रसाईं ।
    – पुरस्कारको राशि ः जनही एक लाख रुपियाँ रहेको ।
    – होमनाथ दाहाल गोरखापत्र संस्थानको अध्यक्ष तथा महाप्रबन्धक, नेपाल पत्रकार महासङ्घको सभापति, सांसद तथा मन्त्रीसमेत भइसक्नुभएको ।
    – यसैगरी, डा. राकेश नेपाली, हिन्दी, अङ्ग्रेजी भाषाका वरिष्ठ साहित्यकार हुनुहुन्छ ।
    – काशीदेवी झा पूर्वसांसद एवम् तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेको अभियोगमा २०२० सालमा फाँसी दिइएका दुर्गानन्द झाकी धर्मपत्नी हुनुहुन्छ ।
    – यस्तै, ९० वर्षीया प्रसाईं काँग्रेस नेता स्वर्गीय भरतबाबु (सीके) प्रसार्इंकी धर्मपत्नी हुनुहुन्छ । उहाँ विभेदको अन्त्य, छुवाछूत प्रथा एवम् कुरीति हटाउन क्रियाशील रहँदै आउनुभएको ।

    १८. उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले २०७५ पुस ५ मा सार्वजनिक गरेको मस्यौदा प्रतिवेदनमा विश्वविद्यालयका कुलपति सम्बन्धमा के व्यवस्था रहेको छ ?
     प्रधानमन्त्री कुलपति रहने व्यवस्था खारेज गरी अध्यक्षको व्यवस्था गर्ने ।

    १९. उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग परिसङ्घ (सीएनआई)ले प्रत्येक वर्ष एक हजार नयाँ उद्योग स्थापना गरी डेढ लाख रोजगारी सिर्जना गर्ने उद्देश्यसाथ अघि बढाउन थालेको
    अभियान कुन हो ?
     ‘मेक इन नेपाल–स्वदेशी’ अभियान ।
    – (विसं २०७७ फागुन १२ गते उक्त अभियानबारे विस्तृत जानकारीसहितको प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आगामी पाँच वर्षमा वार्षिक निर्यात करिब पाँच खर्ब पु¥याउने लक्ष्य लिइएको । हाल नेपालबाट वार्षिक करिब एक खर्बसम्मको निर्यात हुने गरेको ।)

    २०. फुटबल खेलाडीलाई बल हेडिङ गर्दा कुन रोग लाग्ने खतरा हुन्छ ?
     मस्तिष्कघात ।

    २१. जटिलरोग पहिचान गर्न सक्ने पारमाणविक प्रयोगशाला
    (मलिकुलर ल्याब) कुन अस्पतालमा सञ्चालनमा ल्याइएको छ ?
     मीनभवनस्थित सिभिल अस्पताल ।

    २२. बुटवलमा लुम्बिनी केबलकारको शिलान्यास कहिले गरिएको हो ?
     विसं २०७७ फागुन १ ।
    * (त्यस्तै, बुटवलमै दोस्रो केबलकार ‘सिद्धार्थ केबलकार’को शिलान्यास २०७७ फागुन ९ मा गरिएको)

    २३. कञ्चनपुरस्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास कहिले गरिएको हो ?
     विसं २०७७ फागुन १० ।
    * सरकारले प्रस्ताव गरेका १५ नयाँ औद्योगिक क्षेत्रमध्ये आगामी पाँच वर्षमा सम्पन्न गर्नेगरी ६ वटा क्षेत्र निर्माणकार्य अघि बढाएको ।
    * सरकारले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा बजेटमा सबै प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र स्थापना गर्न बजेट विनियोजन गरेको ।
    * कञ्चनपुरको दैजी–छेला, बाँकेको नौवस्ता, रूपन्देहीको मोतीपुर, चितवनको शक्तिखोर मकवानपुरको मयुरधाप तथा झापाको दमक औद्योगिक क्षेत्र निर्माणका लागि सरकारले २०७७ चैतमा निर्णय गरेको थियो ।

    २४. अन्तर्राष्ट्रिय एकल महिला दिवस कहिले मनाइन्छ ?
     जुन २३ ।

    २५. सातवटै महादेशका सर्वोच्च शिखरको आरोहण गर्ने पहिलो नेपाली महिला आरोही को हुन् ?
     सुस्मिता मास्के ।

    २६. ब्रिक्स बैङ्कको प्रधान कार्यालय कहाँ रहेको छ ?
     साङ्घाई (चीन) ।

    २७. केन्द्रीय पञ्जीकरण (व्यक्तिगत घटना दर्तासम्बन्धी कार्य गर्ने निकाय) विभाग कुन मन्त्रालयअन्तर्गत पर्छ ?
     सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय ।

    २८. वाकर कप÷राइडर कप कुन खेलसँग सम्बन्धित छन् ?
     गल्फ ।

    २९. सर्वप्रथम महिला विश्वकप फुटबल आयोजना कहिले गरिएको हो ?
     सन् १९९१ ।

    ३०. मादक पदार्थ सेवन गरे÷नगरेको जाँच गर्ने यन्त्र ब्रेथलाइजरले कति अङ्कभन्दा बढी देखाएमा ‘मापसे’ गरेको मानिन्छ ?
     ०.१३ ।

    ३१. हेटौँडा उपमहानगरपालिका–१३ र १४ मा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास कहिले गरियो ?
     विक्रम संवत् २०७७ फागुन १३ ।
    * १९९ किघा १७ कठ्ठा क्षेत्रफल रहेको औद्योगिक क्षेत्रको निर्माण लागत सात अर्क २ करोड ३४ लाख रुपियाँ रहेको ।

    * ६२ वटा प्लट रहने सो औद्योगिक क्षेत्रमा औद्योगिक प्लट, आवासीय क्षेत्र, प्रशासनिक क्षेत्र, सेवा क्षेत्र, मुद्रण क्षेत्र, पेट्रोल पम्प तथा धर्मकाँटा पुल क्षेत्र, भन्सार, ठूला ट्रक पार्किङ क्षेत्र, सशस्त्र बेस क्याम्प, फोहोर पानी प्रशोधन केन्द्र, सडक सञ्जाल, वन तथा मनोरञ्जन क्षेत्रका लागि पूर्वाधार निर्माण गरिने भएको ।

    * २०७२ चैत १ को मन्त्रिपरिषद् बैठकले मयुरधापमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको ।

    ३२. महासिद्ध विश्व शान्ति केन्द्र कहाँ निर्माण गर्न
    थालिएको छ ?
     लुम्बिनी ।

    ३३. नेपालमा सरसफाइ सप्ताह कहिलेदेखि मनाउन थालिएको हो ?
     विसं २०५६ ।

    ३४. धार्मिक, पर्यटकीय एवम् जैविक विविधताका हिसाबले महŒवपूर्ण बर्जुताल कहाँ रहेको छ ?
     सुनसरी ।

    ३५ १. मुलुकी अपराध संहिता लागू भएपश्चात बलात्कारपछि हत्याको घटनामा आजीवन कैद सजाय पहिलोपल्ट कहिले निर्धारण गरियो ?
     वि.सं. २०७५ पुस ४ गते ।
    (जिल्ला अदालत कास्कीले बलात्कारपछि हत्या गरिएकी पोखरा पुम्दीभुम्दीकी १० वर्षिया श्रेया सुनारको हत्याआरोपी कुशुम पौडेललाई आजीवन कैद सजाय हुने आदेश गरेको । न्यायाधीश योगेन्द्रप्रसाद शाहको एकल इजलासले पौडेललाई आजीवन कैद हुने सजाय सुनाएको हो । जिल्ला अदालत कास्कीले हत्याको घटनामा २०७५ मङ्सिर १७ गते नै कसुर निर्धारण गरेको भए तापनि सजाय निर्धारण पुस ४ मा गरेको ।)

    ३६. आधा अङ्ग भाले र आधा पोथीको स्वरूप भएको अनौठो प्रकृतिको चरा कहाँ फेलापरेको छ ?
     अमेरिका ।
    – सन् २०२१ फेब्रुअरीमा चराविद् जेमी हिलले आधा भाले र आधा पोथी अंश रहेको चरा फेलापारेका ।
    – एउटै शरीरमा भाले र पोथीको रङसहित अन्डाशय र डिम्वाशय दुवै अङ्गसमेत भएको चरा विश्वमै दुर्लभ मानिन्छ ।
    – हिलका अनुसार दुवै लिङ्गी भएको नर्थन कार्डिनल चराको भाले कार्डिनलको रङ चम्किलो रातो र पोथीको रङ फिक्का खैरो हुने ।

    ३७. १६. परराष्ट्र मन्त्रालयद्वारा प्रकाशित सन् २०१७÷१८ को प्रतिवेदन अनुसार हाल विश्वका कति राष्ट्रमा नेपाली दूतावास रहेका छन् ?
     ३०
    (प्रतिवेदन अनुसार ३ संयुक्त राष्ट्रसङ्घीय स्थायी नियोग, ६ महावाणिज्य दूतावास तथा ७१ वटा अवैतनिक महावाणिज्य दूतावास सञ्चालनमा रहेका । सो प्रतिवेदन अनुसार सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भारतबाट र दोस्रोमा चिनबाट भएको । )

    ३८. हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये ‘उन्नत समूह (एडभान्स ग्रुप) मा पर्ने जनजाति कुन हो ?
     थकाली 

    ३९. नेपालको पहिलो कमलरीमुक्त घोषित जिल्ला कुन हो ?
     दाङ

    ४० मुलुकी अपराध संहिता लागू भएपश्चात बलात्कारपछि हत्याको घटनामा आजीवन कैद सजाय पहिलोपल्ट कहिले निर्धारण गरियो ?
     वि.सं. २०७५ पुस ४ गते ।
    (जिल्ला अदालत कास्कीले बलात्कारपछि हत्या गरिएकी पोखरा पुम्दीभुम्दीकी १० वर्षिया श्रेया सुनारको हत्याआरोपी कुशुम पौडेललाई आजीवन कैद सजाय हुने आदेश गरेको । न्यायाधीश योगेन्द्रप्रसाद शाहको एकल इजलासले पौडेललाई आजीवन कैद हुने सजाय सुनाएको हो । जिल्ला अदालत कास्कीले हत्याको घटनामा २०७५ मङ्सिर १७ गते नै कसुर निर्धारण गरेको भए तापनि सजाय निर्धारण पुस ४ मा गरेको ।)

    गोरखापत्र बाट साभार 

     

    images
    बुधवार, फाल्गुण १९ २०७७०९:५२:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार