Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिबि केन्द्रिय पुस्तकालयमा अवदेखी घरमै बसेर निशुल्क पुस्तक पढ्न पाइने !

त्रिबि केन्द्रिय पुस्तकालयमा अवदेखी घरमै बसेर निशुल्क पुस्तक पढ्न पाइने !

  • 914
    SHARES

  • त्रिबि केन्द्रिय पुस्तकालयमा अवदेखी घरमै बसेर निशुल्क पुस्तक  पढ्न पाइने !

    त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले घरैमा बसेर अन्तर्राष्ट्रिय लेखकका पुस्तक, डकुमेन्ट्री तथा जर्नल निःशुल्क पढ्न पाइने भएको छ ।

    केन्द्रीय पुस्तकालयले रिमोट एक्सेस सेवासहितको प्रोक्वेस्ट डाटाबेस सफट्वेयर प्रयोग गरेपछि विद्यार्थीले घरैमा बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डकुमेन्ट, पुस्तक, जर्नल पढ्न पाउने भएका हुन् । उक्त सफ्टवेयर पुस्तकालयले बेलायतबाट रु.३२ लाखमा खरीद गरेर ल्याएको छ ।

    पुस्तकालयले त्रिविअन्तर्गतका आङ्गिक क्याम्पस र पुस्तकालयसँग सम्झौता गरेका अन्य विश्वविद्यालयका विद्यार्थीलाई प्रोक्वेस्ट डाटाबेस सफट्वेयरबाट निःशुल्करुपमा पुस्तक पढ्ने व्यवस्था गरिएको पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले बताए ।

    ‘विदेशी विश्वविख्यात विद्वानले प्रकाशित गरेका पुस्तक, जर्नल, लेख रचना लगायत निःशुल्क पढ्नका लागि विद्यार्थीले पुस्तकालयको वेबसाइट ठेगानामा एउटाफाराम भर्नुपर्छ ।

    ’उनले भने, ‘सोही फारमका आधारमा विद्यार्थीको इमेल आइडी उपलब्ध गराई पुस्तकालयले विदेशी पुस्तक, डकुमेन्ट, जर्नललगायतका सामग्री पढ्न पाउने व्यवस्था गरेको छ ।’ गत मङ्सिरबाट शुरु भएको रिमोट एक्सेस प्रणालीमा अहिले ३० हजार विद्यार्थी जोडिइसकेका छन् ।

    पुस्तकालयले विद्यार्थीको समय र लगानी सबै बचत गराइ विषय विज्ञ तथा विषयवस्तु सम्बन्धि सम्पूर्ण जानकारी भएको जनशक्ति उतपादन गर्ने उद्देश्यले सजिलै विश्वका प्रसिद्ध लेखकले लेखका सामग्री पढ्न पाउने व्यवस्था गरेको पुस्तकालयका सूचना अधिकारी विजय शर्माले बताए ।

    उक्त रिमोट एक्सेस प्रोक्वेस्ट डाटाबेशमा अहिले चार लाख ५० हजारभन्दा बढी ई–पुस्तक, ५० लाखभन्दा बढी ई–थेसिस डिजर्टेसनका साथै हजारौँ शीर्षकका जर्नल, पत्रिका र लेख, रचना राखिएको छ ।

    images
    सोमवार, चैत्र ९ २०७७०६:१९:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार