Jul 27 2026 | २०८३, श्रावण ११ गते

स्वास्थ मन्त्रालय द्वारा शिक्षण सँस्था बन्द गर्न सिफारिस : शिक्षा मन्त्रालयले सरोकारवालालाई छलफलका लागि बोलायो !

स्वास्थ मन्त्रालय द्वारा शिक्षण सँस्था बन्द गर्न सिफारिस : शिक्षा मन्त्रालयले सरोकारवालालाई छलफलका लागि बोलायो !

  • 2.6K
    SHARES

  • स्वास्थ मन्त्रालय द्वारा शिक्षण सँस्था बन्द गर्न सिफारिस : शिक्षा मन्त्रालयले सरोकारवालालाई छलफलका लागि बोलायो !

    काठमाडौं, - विद्यालयलगायत शैक्षिक संघसंस्थाहरु फेरि बन्द हुन सक्ने भएको छ । स्वास्थ्य मन्त्रालयले विद्यालय जाने उमेर समूहमा कोरोना भाइरसको संक्रमण बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन शैक्षिक संघ संस्था बन्द गराउन सिफारिस गरेको छ।

    स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी ठूला सहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेपछि नयाँ शैक्षिक सत्र र परीक्षा लगायत शैक्षिक क्रियाकलाप नै अनिर्णित हुने देखिएको छ । यसले गर्दा द्र्शकै शिक्षा ओरणालिमा समेत असर पर्ने बिज्ञहरुको बुझाइ छ।

    यस संगै विद्यालय सञ्चालनबारे छलफल गर्न सरोकारवाला निकायहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार(आज) विहान ८  बजे बोलाएको छ ।

    बालबालिकामा कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट)को संक्रमण उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा तीन सातासम्म बन्द गर्न प्रस्ताव आएपछि मन्त्रालयले छलफलका लागि सरोकारवाला निकायहरुलाई बोलाएको हो ।

    विद्यालय सञ्चालनबारे छलफल गर्न मन्त्रालयले बोलाएको एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताउनुभयाे । उहाँले भन्नुभयाे ‘भोलिको छलफलबाट कसरी अगाडी बढ्ने भन्‍ने निष्कर्ष निस्किन्छ ।’

    निजि बिधालयको छाता संगठन प्याब्सनले भने सरकार काठमाडौंसहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेको भन्दै विरोध जनाएको छ । प्याब्सनका अध्यक्ष टिका पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ती जारी गर्दै स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु उपयुक्त हुने बताउनुभएकाे छ ।

    हेर्नुस् प्याप्सन को बिघ्यप्ती

    FB_IMG_1618185952987.jpg

    images
    सोमवार, चैत्र ३० २०७७०६:३०:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार