Jul 27 2026 | २०८३, श्रावण ११ गते

झोले

झोले

  • 346
    SHARES

  • झोले
    ए रे झोले दाइ,
    काँधमा झोला बोकेर हिँड्छौ,
    मुखमा “जनताको सेवा” को नारा लगाउँछौ।
    झोलाभित्र के छ त भन्छौ हेर्दा?
    फाटेको झण्डा,
    खाली चुरोटको डिब्बा,
    लाइटर अनि केही पुराना पर्चा –
    अनि तलतल “खर्च” को लागि
    दस–बीसको नोटको पोको!
    बिहान उठेर पार्टी अफिसमा पुग्छौ,
    चिया–पानी खाएर नेता साबको अगाडि ढोग गर्छौ।
    “हजुरको आदेश शिरोपर!” भन्दै सलाम ठोक्छौ,
    अनि सेवा, ठेक्का, टेन्डरको लाइनमा लाग्छौ।
    कर्मचारी डराउँछ तिमीलाई देखेर,
    व्यापारी मुस्कुराउँछ – किनकि उसको काम बन्छ।
    ठेकेदारले अगाडि नै “अग्रिम” दिइदिन्छ,
    तिमीले भन्छौ – “चिन्ता नगर्नू, सब ठीक हुन्छ!”
    चुनाव आउँदा गाउँ–गाउँ डुल्छौ,
    “यो पटक त विकासको लहर आउँछ!” भनेर
    झुटो सपना बाँड्छौ।
    भोट पाएपछि फोन उठाउँदैनौ,
    फेसबुकमा मात्र
    “जनताको साथ” को स्टाटस हाल्छौ।
    अब त झोलेको नयाँ मोडेल पनि आयो रे,
    झोला छैन,
    ब्रिफकेस बोकेका छन्,
    भित्र ल्यापटप अनि “प्रोजेक्ट फाइल”।
    मुखले भन्छन् –
    “हामी त डिजिटल झोले हौं,
    कमिसन पनि अनलाइन ट्रान्सफर हुन्छ!”
    ए झोले दाइ,
    तिम्रो झोला कहिल्यै खाली हुँदैन,
    किनकि देशको ढुकुटी
    तिम्रो झोलामै अड्किएको छ।
    जनता हेरेर हाँस्छन् –
    “यो झोलेको जमाना कहिलेसम्म?”
    ✍️ प्रेम सिंह धामी, विद्यार्थी 
    सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस

    images
    मंगलवार, पौष ८ २०८२०९:१७:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार