आमा
म जन्मिनु अघि नै
तिमीले दुःख सँग सम्झौता गरिसकेकी थियो
मेरो सास चलिरहोस् भनेर
आफ्नो सास बिर्सेकी थियो ।
मेरो पहिलो रोदनमा
तिमी रोएनौ मुस्कुरायौ ।
तर त्यो मुस्कान भित्र
कति पीडा लुकेको थियो
कसैले सोधेन ।
म ठेस लागेर रोएँ
तिम्रो मुटु फुट्यो ।
तर मलाई बलियो बनाउनु छ भनेर
आफ्नो आँसु लुकाएर
" केही भएन " भन्यौ ।
संसारले मलाई ताली दियो
तिमी कुनामा उभिएर रोयौ ।
मेरो सफलता देखेर होइन
मेरो संघर्ष सम्झेर
आमा
तिम्रो सबै भन्दा ठूलो सपना
धन नाम वा महल थिएन
तिम्रो एउटै चाहना थियो
म सफल भएको देख्नु ।
आज म लड्दै छु
कहिलेकाहीँ हार्दै पनी
तर विश्वास गर आमा
तिम्रो सपनालाई
अधुरो छोड्दिनँ म ।
किनकि मेरो सफलता
मेरो लागि मात्र होइन
तिम्रो अधुरो जीवनको
पूरा जवाफ हुनेछ।
✍️ सन्तोषी ऐर, विद्यार्थी
श्री धर्म जनता माध्यमिक विद्यालय कञ्चनपुर