सबै स्वार्थी थिए वरिपरि, नामका साथी, वाचा गरेका मान्छे, तर जब मन कमजोर भयो, साथ दिने प्रेम हरायो, भरोसा गर्ने विश्वास चुप लाग्यो। मैले धेरैलाई माया दिएँ, आफूभन्दा बढी दिएँ, तर बुझाइ कम रह्यो, र विश्वास विस्तार शब्दबिना टुट्दै गयो।
रातहरू सोध्थे... “गल्ती कसको थियो?” उत्तर खोज्दै जाँदा मन झन् थाक्थ्यो, त्यसैले अन्ततः म आफैँसँग इमानदार भएँ। कसैको प्रेममा हराएर आफ्नो अस्तित्व गुमाउनुभन्दा, आफ्नै मनलाई माया गर्न मलाई गाह्रो तर सही लाग्यो।
विश्वास अब... अरूको वाचामा होइन, आफ्नै धैर्यमा टेकेर राखेँ, आफ्नै आँसुलाई सम्हालेर आफ्नै बलमा उभिएँ।
मित्र थिए, तर हात समात्ने बेला सबैको व्यस्तता थियो, प्रेम थियो, तर बुझ्ने धैर्य थिएन, विश्वास थियो,तर टिक्ने साहस थिएन। अन्ततः मैले कसैलाई दोष दिएनँ, आफ्नै मनलाई काखमा राखेँ, टुटेको आत्मालाई म आफैँले सम्हालेँ। म अझै माया गर्छु, तर आँखा बन्द गरेर होइन, विश्वास गर्छु, तर आफूलाई हराएर होइन,
किनकि सबैभन्दा गहिरो प्रेम आफ्नै आत्मासँग हुनुपर्छ। सबै स्वार्थी हुँदाहुँदै म आफैँको सहारा बनेँ, र यही एक्लोपनले मलाई,अडिग बनायो।