सोमवार, श्रावण ४ २०७८
नेपालमा पहिलो पटक क्यान्सर रोगको औषधि उत्पादन सुरु भएको छ । टिजिग (TIZIG) फर्मा प्राइभेट लिमिटेडले यो औषधि उत्पादन सुरु गरेको हो ।
आइतबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरी टिजिगले ‘एन्टी क्यान्सर’ सम्बन्धी औषधिहरूको अनावरण गरेको हो । 'एन्टि क्यान्सर' औषधि नेपाल मै भन्ने भएसी क्यान्सर उपचार मा सजिलो हुने र बिदेशी औसधि भन्दा सस्तोमा उपलब्ध हुने समेत बताइएको छ।
टिजिगका कार्यकारी निर्देशक शैलेश बैद्यले क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने टिजिग फर्मा प्राइभेट लिमिटेड नेपालकै पहिलो भएको बताए । उनले एक महिनाभित्र केही औषधि व्यवसायिक रुपमा बजारमा पुग्ने समेत जानकारी दिए ।
सत प्रतिशत विदेशी लगानी रहेको यस फर्माले आफ्नो स्थापना विश्व स्वास्थ्य संगठन र नेपालको प्रविधि हस्तान्तरणमा रहेको नियमानुसार भारतको हैदरवादमा रहेको एन्टि क्यान्सर औषधि उत्पादन र बिक्री बितरण गर्दै आएको फर्मा कम्पनीसंग प्रविधि हस्तान्तरण सम्झौँता गरि आफ्नो औषधि उत्पादन स्थल र कार्य अघि बढाएको छ।
अत्याधुनिक प्रविधिमा बनाइएको फेक्ट्री डव्लुएचओको जीएमपी स्टान्र्डड र औषधि उत्पादन संहिता २०७३ अनुरुप बनाइएको र नेपालकै नमूना फेक्ट्री भएको समेत दावी गरे । टिजिगले अहिले औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि स्वीकृति पाइसकेको छ भने त्यसमध्ये पाँचवटा फर्माकोपेल, अरु नन् फर्माकोपेल छन्।