शुक्रवार, श्रावण ८ २०७८
चिकित्सा शिक्षा आयोगले स्नातक तहको एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिएएसएलपी, बि पफ्र्युजन टेक्नोलोजी, बिएएमएस, बिएनएस, बिएस्सी एमएलटी, बिएस्सी एमआइटी, बि फार्म, अप्टोमेट्री, बिपिटी र बिपिएचको प्रवेश परीक्षा भोलिसाउन ९ देखि शुरु हुनेभएको छ।
साउन ९ देखि शुरुहुने परिक्षाको लागि देशै भरी ३९ वटा केन्द्र तोकेको छ। आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीका अनुसार काठमाडौं उपत्यका २८, पोखरा ३, नेपालगञ्ज २, चितवन ३ र धरान ३ वटा परीक्षाकेन्द्र तोकिएको छ।
विद्यार्थीलाई पायक पर्ने र अनलाइन फारम भरेअनुसार विद्यार्थीले रोजेको केन्द्रमा जनस्वास्थ्यका मापदण्ड पालना गर्दै परीक्षा दिन सहज वातावरण बनाइएको डा. गिरीले बताए।
स्नातक तहको विभिन्न विधाकोलागि आयोगले ९ देखि १३ गतेसम्म परीक्षाका चल्ने जनाएको छ। जसअनुसार साउन ९ गते एमबिबिएस, १० गते बिडिएस, ११ गते बिएस्सी नर्सिङ, बिएएसएलपी, बि पफ्र्युजन टेक्नोलोजी, साउन १२ गते बिएएमएस, बिएनएस, बिएस्सी एमएलटी, बिएस्सी एमआइटी, बि फार्म, अप्टोमेट्री, बिपिटी र साउन १३ गते बिपिएचको परीक्षा हुने छ।
यसअघि कोभिड-१९ महामारी को कारण रोकिएको परीक्षा बिहान ९ देखि १२ बजेसम्म सञ्चालन हुनेछ। विभिन्न विषयमा ३२ हजारभन्दा बढीले स्नातक तहको परीक्षा दिँदै छन्। जसमा ७ हजार ७ सयले मात्र अध्ययन गर्ने मौका पाउनेछन ।