Jul 27 2026 | २०८३, श्रावण ११ गते

विश्व निकेतन पढ्ने धनुषाका आशिक झा बने MBBS परिक्षाको सर्वोत्कृष्ट विद्यार्थी ।

विश्व निकेतन पढ्ने धनुषाका आशिक झा बने MBBS परिक्षाको सर्वोत्कृष्ट विद्यार्थी ।

  • 404
    SHARES

  • विश्व निकेतन पढ्ने धनुषाका आशिक झा बने MBBS  परिक्षाको सर्वोत्कृष्ट विद्यार्थी ।

    चिकित्सा शिक्षा आयोगको एमबीबीएस प्रवेश परीक्षा (इन्ट्रान्स) को नतिजा अनुसार त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा पढ्ने धनुषाका आशिक झा सर्वोत्कृष्ट बनेका छन। सामुदायिक बिद्यालय मा पढेर पनि यो अंका हासिल गर्न झा सफल भएका हुन्।

    शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार २ सय पूर्णांकमा झाले १ सय ८६ अंक प्राप्त गरेका छन् । उत्कृष्ट अंक हासिल गरेसँगै झाले चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति पाएका छन् ।देशभरिबाट ११ हजार प्रतिस्पर्धीलाई उछिन्दै झा सर्वोत्कृष्ट बनेका हुन्।

    आयोगले पहिलो पटक एमबीबीएसका निम्ति एकीकृत परीक्षा लिएको हो। यसअघि विश्वविद्यालयपिच्छे फरक–फरक परीक्षा लिइन्थ्यो। 

    त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयबाट विज्ञान विषय कक्षा ११ र १२ लिएर पढेका झाले २०७७ सालको ब्याचमा उत्कृष्ट अंक लिएर उत्तीर्ण गरेका थिए। त्यसलगत्तै एमबीबएीस अध्ययनका निम्ति लिइएको प्रवेश परीक्षामा पहिलो पटकमै उत्कृष्ट बनेका हुन।

    साधारण कृषक परिवारमा जन्मिएका झाले जनकपुरको श्री माध्यमिक विद्यालयबाट ३ दशमलव ७ जीपीएसहित एसईई उत्तीर्ण गरेका थिए। ‘बुवा–आमा सामान्य कृषि पेसा गर्नु हुन्छ,’ उनले भने, ‘मेरो दाइ अम्बेश झा बीएएमएस पढ्दै हुनुहुन्छ। उहाँकै प्रेरणा र सहयोगले आज एमबीबीएस पढ्ने अवसरको ढोका खुलेको हो।’विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले झा अत्यन्तै सिर्जनशील र मेहनती विद्यार्थी हुन्।

    काठमाडौं महानगरपालिकामा रहेका उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक हो। कँडेलका अनुसार यस विद्यालयबाट गत वर्ष ८ जनाले एमबीबीएस अध्ययनका लागि छनोट भएका थिए।

     

    images
    शनिवार, श्रावण २३ २०७८११:१०:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार