Oct 27 2026 | २०८३, कार्तिक ११ गते

साइबर जोखिमपछि समकक्षता सेवा बन्द, अपडेटको काम जारी

साइबर जोखिमपछि समकक्षता सेवा बन्द, अपडेटको काम जारी

  • 68
    SHARES

  • साइबर जोखिमपछि समकक्षता सेवा बन्द, अपडेटको काम जारी

    काठमाडौं । साइबर सुरक्षा जोखिम देखिएपछि पाठ्यक्रम विकास केन्द्रअन्तर्गत सञ्चालनमा रहेको शैक्षिक प्रमाणपत्रको समकक्षता प्रदान गर्ने सेवा अस्थायी रूपमा बन्द भएको छ।

    पाठ्यक्रम विकास केन्द्रले २०८३ कात्तिक ९ गते सूचना जारी गर्दै Online System for Issuance of LOE (समकक्षता) प्रणालीमा आवश्यक सुरक्षा अद्यावधिकको काम भइरहेकाले समकक्षता प्रदान गर्ने सेवाप्रवाह हुन नसकेको जनाएको हो।

    केन्द्रका अनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्रले २०८३ कात्तिक ५ गते PHP तथा त्यससँग सम्बन्धित Runtime र Ecosystem मा देखिएका दुई गम्भीर Vulnerability सम्बन्धमा अत्यन्त जरुरी साइबर सुरक्षा एडभाइजरी जारी गरेको थियो।

    सोही प्रविधिमा आधारित समकक्षता प्रणालीमा आवश्यक सुरक्षा अद्यावधिकको काम भइरहेको केन्द्रले जनाएको छ। अद्यावधिकको काम सम्पन्न हुनासाथ समकक्षता सेवा पुनः सञ्चालनमा ल्याइने सूचनामा उल्लेख छ।

    सेवा अवरुद्ध हुँदा समकक्षता लिनुपर्ने सेवाग्राही प्रभावित भएका छन्। केन्द्रले सेवाग्राही तथा सम्पूर्ण सरोकारवालामा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ। समकक्षता सेवा पुनः सञ्चालन हुने समयबारे भने केन्द्रले निश्चित मिति तोकेको छैन।

    FB_IMG_1793019415564.jpg

    images
    सोमवार, कार्तिक १० २०८३०६:४७:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार