Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रवेशपत्र देखाए कोभिड खोप लगाउन पाइने : काठमाडौमा तोकियो ४ ठाउँ !

प्रवेशपत्र देखाए कोभिड खोप लगाउन पाइने : काठमाडौमा तोकियो ४ ठाउँ !

  • 544
    SHARES

  • प्रवेशपत्र  देखाए कोभिड खोप लगाउन पाइने : काठमाडौमा तोकियो ४ ठाउँ !

    काठमाडौ, २७ साउन- सरकारले  विश्वविद्यालयका विभिन्न तहका परिक्षा सञ्चालन गरिरहेकोबेला परिक्षामा सहभागी विद्यार्थीहरुलाई प्रवेसपत्र देखाएसी कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । खोपको लागि काठमाडौ मा बिभिन्न ४ ठाउँ समेत तोकेको छ।

    स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय भएको हो । खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्ने छ।

    बिभागका अनुसार काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन पाउनेछन् ।

    हाल त्रिविले अहिले स्नातक र स्नातकोत्तर लगाएत परिक्षा हरु संचालन गरिरहेको र करिब ६० हजार विद्यार्थी परिक्षार्थी रहेको अनुमान गरिएको छ।

    यसअघि साउन २५ गते सत्तारुढ दल निकट पाँच विद्यार्थी संगठनहरुले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोपको व्यवस्था गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए ।

    परीक्षा केन्द्रबाट संक्रमण फैलने त्रासले विद्यार्थीहरुमा मानसिक चिन्ता थपिएको भन्दै उनीहरुले परीक्षार्थीलाई खोपको व्यवस्था गर्न माग गरेका थिए ।

    नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले परीक्षार्थीलाई खोपको व्यवस्था गरेको प्रति सरकारलाई धन्यवाद दिँदै शैक्षिक सत्र अवरुद्ध नहुने गरी खोप लगाउन योग्य सबै विद्यार्थीलाई सरकारले खोपको व्यवस्था मिलाउन माग गरे ।FB_IMG_1628683210808.jpg

     

    images
    बुधवार, श्रावण २७ २०७८०५:४७:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार