सोमवार, श्रावण ३२ २०७८
शिक्षक सेवा आयोगले लामो प्रतिक्षा पछी खुलाएको स्थायी शिक्षकको प्रतिष्पर्धात्मक परीक्षामा सफल हुन विषयवस्तुको ज्ञान, समयको व्यवस्थापन, प्रश्नहरुको आकर्षक र मौलिक सटिक उत्तर दिन सक्ने कौशलताले अहम् भूमिका खेलेको हुन्छ ।
प्रतिष्पर्धामा खरो उत्रिएर सफल भै अब्बल साबित हुन आफ्नो अध्ययनलाई सार्थक बनाउन परीक्षाको सामना सहज गर्न विभिन्न उपायहरु अबलम्बन गरिनु बुद्धिमानि हुन्छ।
परीक्षाका पाठ्यक्रममा दिएका Content (विषयवस्तु)को बहुआयमिक गहन अध्ययन हुनु जरुरी रहन्छ ।
बिषयस्तुको अध्ययनबाट प्राप्त ज्ञानलाई प्रश्नले खोजेको वास्तुपरक जवाफ समसामयिक Context (परिवेश) लाई ध्यान दिंदै सहज र सरल भाषामा शटिक मौलिक उत्तर Communicate (प्रस्तुत) गर्नु बुद्धिमानी ठहर्छ ।
परम्परागत प्रश्नको सोझो उत्तर भन्दा पनि Innovative खालको तर्कपूर्ण मौलिक उत्तरहरु अधिक अंक प्राप्त गर्न लायक हुन्छन।
परीक्षाको तयारी क्रममा विभिन्न उपायहरु अपनाएर घनिभूत अध्ययन गर्नुको साथै परीक्षाका क्लूहरुको जानकारी राख्नु बुद्धिमानि ठहर्छ ।
परीक्षाको तयारीका लागि स्रोत सामग्रीकोरुपमा पाठ्यक्रम, विषयगत पाठ्यपुस्तकहरु, विशिष्टीकरण तालिका (Specification Grid)लाई विशेष आधार मान्न बिर्सनु हुन्न ।
विशिष्टिकरण तालिकामा प्रत्येक विषयको एकाई, पाठ्यक्रमको क्षेत्र, विषयगत प्रश्न संख्या, पूर्णांक तथा प्रत्येक प्रश्नको अंकभारको विस्तृत विवरण उल्लेख भएको हुन्छ ।
पाठ्यक्रम, विशिष्टिकरण तालिका, नमूना प्रश्नपत्र लगायतका उपयोगी अन्य सूचनाहरुको जानकारी शिक्षक सेवा आयोगको वेबसाइट www.tsc.gov.np बाट पनि प्राप्त गर्न सकिन्छ।
सामाग्री संकलन र अध्ययन – आयोगबाट प्रकाशित पाठ्यक्रम, बुलेटिनहरु र पुराना प्रश्नपत्रहरु,
– पाठ्यक्रममा समावेश भए अनुसारका प्रत्येक एकाइ वा शीर्षक अनुसारका अध्ययन सामाग्री संकलन गर्ने, अध्ययन सामाग्रीहरु पहिलो स्रोत बाट संकलन गर्ने,
– पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित तह र परीक्षा दिने विषय अनुसारका पा्यपुस्तक, पाठ्यक्रम तथा शिक्षक निर्देशिका सम्बन्धित अन्य प्रकाशनहरु संकलन गर्ने,
– बजारमा पाइने सन्दर्भ सामाग्रीहरु जम्मा गर्ने, परीक्षासँग सम्बन्धित सूचनाहरु विभिन्न पत्रपत्रिकाबाट संकलन गर्ने,
– संकलित सामाग्रीहरुको अध्ययन पाठ्यक्रमलाई अगाडी राखेर विषयगत एकाईगत बूंदागत रुपमा क्रमिकरुमा टिपोट बनाउने,
– भाषागत भन्दा पनि आवश्यक सूचनाहरुलाई महत्व दिई अध्ययनका साथै नोट बनाउने,
– धेरै सूचना प्राप्त गर्ने गरी छरितो अध्ययन गर्ने, पुस्तक वा अध्ययनका क्रममा महत्वपूर्ण शव्द र वाक्यमा हाइलाइट गर्ने।
– कण्ठ गर्नुपर्ने सूचना र तथ्यांकको हकमा अर्थपूर्ण संक्षिप्त शव्द वा वाक्य बनाई अध्ययन गर्दा संझन सजिलो हुन्छ,
– महत्वपूर्ण विषय वस्तुहरु कक्षामा पढाएको वा अन्य स्रोतबाट मोबाइल आदीमा रेकर्ड वा कपीगरेर हिड्दा वा अन्य फुर्सदको समयमा हेर्ने सुन्ने,
– द्विविदा लाग्ने विषयवस्तुको को बारे प्राथमिकताको साथ स्पष्ट हुने, संभव भए सम्म विषय मिल्दो साथीहरुसँग समूह मिलाई अध्ययन गर्ने,
- अध्यन गर्दा 7C: Content, Concept,Core, Coverage, Context, Comment & Conclusion बिर्सिनु हुँदैन् ।
लेखन अभ्यास – पुराना र सम्भाव्य प्रश्नहरुको तोकिएकै समयमा हलगर्ने अभ्यास निरन्तर गर्नु पर्छ,
– प्रश्नको हल गर्दा अंकभार अनुसार समय विभाजन गर्न बिर्सिनु हुन्न,
– आफूले लेखेको उत्तर आफैले पनि हेर्ने र अग्रज वा विज्ञलाई देखाएर सुझाव लिने,
– प्राप्त सुझावलाई मनन गर्दै पुन सन्तुष्ठ हुने गरी लेख्ने,
– उत्तर लेख्दा आकर्षक मुख्य वाक्य बाट सुरु गर्नु पर्दछ,
– उत्तर लेख्दा जानेको सबै भन्दा पनि प्रश्नले मागे अनुसार सटिक, संक्षिप्त र मौलिक हुनु पर्दछ,
– उत्तरको प्रस्तुतिमा विविधता ल्याएर आकर्षक बनाउन बुंदागत, तालिका, ग्राफ, छोटोछोटो वाक्यमा प्रस्तुत गर्ने,
– एक बाट अर्को प्रश्न लेख्दा ३।४ लाइनको ठाउँ छोडेर लेख्दा आकर्षक हुन्छ, यसबाट कतिपय अवस्था पछि उत्तर थप्न पनि सहज हुन्छ,
– सामान्य सजिला प्रश्नहरु सबैले हल गर्ने भएको ले कतिपय प्रश्नहरु जटिल हुन्छन्। यस्ता निर्णायक प्रश्नहरुको जवाफ विशेष होस पुर्याएर लेख्नु पर्दछ,
– सफा,क्रमिकता, सरलता मौलिकता, विविधता आदी ले उत्तरलाई विशेष आकर्षण बढाउँछ,
- प्रश्नको् उत्तर लेख्दा ध्यान दिनुपर्ने 7S: Structure, Start, Style, Strategy, Scope, Size, Strenght.
बहुवैकल्पिक प्रश्नका उत्तर दिंदा ध्यान दिनुपर्ने शिक्षक सेवा आयोग परीक्षाको तयारी तथा सोधिने विषयगत तथा बहुवैकल्पिक प्रश्नहरुको उत्तर कसरी दिने भन्ने बारेमा केही टिप्सहरु यहां प्रस्तुत गरिएको छ ।
– पाठ्यक्रममा तोकेका विषयवस्तुहरुको विस्तृत अध्ययन गर्न यथासम्भव धेरै स्रोत सामग्रीहरु जुटाउने प्रयाश गर्नु पर्दछ,
– प्रीण्टेड सामाग्री नपाए पनि अहिले प्रायश सबै संघसंस्थाले आ आफ्नो website मा सूचना प्रवाह गर्ने हुनाले खोज्नु पर्छ, यसबाट पछिल्लो ताजा सूचनाहरुको जानकारी एकै स्थानमा बसेर लिन सकिन्छ,
– परीक्षाको आसपासमा मात्र नभएर नियमितरुपमा विषयगत कार्यतालिका बनाएर विस्तृत र गहन अध्ययन गर्ने ।
– आधारभूतकुराहरु थाहापाउने गरी सम्बन्धित विषयको परिभाषा र यसको अर्थ समेतको गहन अध्ययन गर्ने, परिभाषामा प्रयोग भएका शव्दहरुको बारेमा पनि विस्तृत जानकारी राख्ने,
– विगतमा सोधिएका प्रश्नहरु तथा नमूना प्रश्नहरुको पर्याप्त अध्ययन तथा हलगर्नले अभ्यस्त मात्र नबाएर आत्मबल पनि बढाउँछ,
– कुनै शव्द वा Terminology को बारेमा यकिन नभएमा शव्दकोष वा अन्य सम्बन्धित स्रोत सामाग्री अध्ययन गर्ने,
– विषय अनुसारको मुख्य अवधारणा (Concept)लाई विभिन्न स्रोत सामाग्रीबाट खोजेर पढरनाले स्पष्ट भारणा बनाउन सकिन्छ,
– सामान्यरुपमा सम्झ्ने भन्दा पनि बिस्तृत जानकारी राख्ने गरी अध्ययन गर्नाले दिगो सिकाइ हुन्छ।
– आफूभन्दा राम्रो तयारी गरेको साथीसंग छलफल गरेर पढ्नाले कतिपय कुराहरु स्पष्ट र स्थायी हुन्छन।
– परीक्षा देखि आँतिने हतारिने भन्दा पनि सहज सामनागर्ने मानसिकता बनाउनु पर्दछ।
– शारीरिक, मानसिक, खानपान, आहार विहार सन्तुलित र सहज हुनुपर्छ।
– डर, त्राश तथा अनिंदो बस्ने, तनाव लिने लगायत नकारात्मक प्रबृतिबाट टाढै रहनु पर्छ,
– कुन विषय र क्षेत्रमा आफ्नो राम्रो दखल र कुनमा कम्जोर छु भन्ने जानकारीको आधारमा अध्ययनको समय र सामाग्रीको चयन गरिनु बुद्धिमानि ठहर्छ,
– परीक्षा केन्द्र नौलो भए जाँच भन्दा अगाडीकै दिनहरुमा एक पटक अवलोकन गर्नु राम्रो हुन्छ
– परीक्षाहलमा समयमा नै प्रवेश गर्ने तथा लुगा आदी ड्रेसअप पनि सहज र साधारण comfortable हुनु पर्दछ।
– उत्तरपुस्तिका, प्रवेश पत्र तथा प्रश्नपत्रमा उल्लेखित सुझाव (Instruction) र प्रश्नहरुलाई राम्रोसंग पढ्न अल्छिी गर्नु हुन्न,
– प्रश्नपत्रमा लेख्नुपर्ने रोल नं, नाम लगायतका माग भएका आवश्यक विवरण प्रश्नको उत्तर लेख्नु अगाडी नै भर्ने, संभव भएमा घन्टी बझ्नु भन्दा अगाडी।
– प्रश्न पत्र हात परेपछी विषयगत प्रश्नहरुले मागेको उत्तर एकिन गरेपछी आफुलाई धेरै आउने उत्तरका आधारमा प्राथमिकीकरण गर्दै समयको पाबन्दीलाई ध्यानमा राखेर सटिक मौलिक उत्तर लेख्नु पर्छ।
– आयोगको परीक्षा प्रतिष्पर्धात्मक हुने भएकोले साथीलाई उत्तर भन्ने वा देखाउने काम आत्मघाति हुन सक्छ।
– बहुवैकल्पिक प्रश्नका उत्तर पनि आफ्नै अगाडी हुने भएकाले सही उत्तरमा चिन्ह लगाउँदा हतपत नगरी धैर्यतापूर्वक निस्कर्षमा पुग्नु पर्छ
– संभावित आफूलाई कनफयूज लागेको उत्तरमा हतार गरेर एकै पटक स्थायी चिन्ह नलगाउने, सानो संकेत राखेर अरु सही उत्तरको बारेमा सोचेर एकिन गर्ने।
– माथीका सबै भन्ने उत्तरहरु प्रायश सही हुन सक्छन्।
– माथीका कुनै पनि होइन भन्ने उत्तरहरु प्रायश गलत हुन सक्छन्।
– दोहोरो नकारात्मक प्रश्नहरले झुक्याउने भएकोले सचेत हुने।
– लामो प्रकृतिका उत्तरहरु प्राय सही हुन्छन्,।
– समयको व्यवस्थापन राम्रो संग गर्ने यदी कुनै प्रश्नको उत्तर १ मिनेटमा दिन नसक्ने भए छोडेर पछी हल गर्ने,।
– प्रश्नहरु हल गरिसकेपछी थोरै समय पुनर्वालोकनका लागि पनि छुट्याउन बिर्सनु हुदै।
– कतिपय प्रश्नका उत्तरहरु त्यही प्रश्नपत्रको अन्य प्रश्न वा उत्तरहर संग पनि मिलेको हुन सक्छन् चनाखो हुने।
– यदी आफुलाई उत्तर यकिन भएन र गलत उत्तरमा चिन्ह लगाय बापत Penalty को प्राबधान नभएमा अन्दाजको भरमा पनि चिन्ह लगाउने र कुनै पनि प्रश्न नछोड्ने,
– एकपटक चिन्ह लगाई सकेपछि त्यही प्रश्नको उत्तरमा फेरी केरमेट गरेर अर्को चिन्ह लगाउनुको कुनै अर्थ छैन्,
– परीक्षा सकेर बाहिर निस्केपछी भएका कम्जोरीहरुलाई भविष्यमा अन्य परीक्षाको तयारीको लागि काम लाग्ने हेतु समीक्षा गर्नु बुद्धिमानि ठहर्छ ।
karki.babukaji@yahoo.com