शुक्रवार, आश्विन १ २०७८
जुम्ला - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्टाफ नर्सको लिखित परीक्षाको नतिजामा नाम नभएकी परीक्षार्थी मौखिक परिक्षामा उत्तीर्ण भएको देखिएको छ। लिखितमा नाम नभएकी सपना न्यौपाने नाम को विद्यार्थी मौखिक परिक्षाको नतिजामा उत्तीर्ण भएको देखिएको हो।
प्रतिष्ठानले लिएको लिखित परीक्षामा स्टाफ नर्स पदको लिखित परीक्षाका लागि जम्मा ५० जना सहभागी हुन सूचना जारी गरेकोमा सपना न्यौपानेको नाम नभएकाे तर मौखिक परीक्षाको नतिजामा उत्तीर्ण भएको देखिएसी विवाद भएकाे छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका रजिस्ट्रार नृपेन्द्र महतले भने प्राविधिक त्रुटिका कारण यस्ताे त्रुटि भएकाे बताउनु भएकाे छ । उनले भने कोडिङ(Coding) प्रणालीमा सजिलो होला भन्ने हिसाबले गरिएको तर अर्कैकोमा कोडिङ परेको रहेछ '।
प्रतिस्ठानको नतिजामा यस्तो फर्जी घटना भएपछी जिल्ला समन्वय समिति जुम्लाले छानबिन गर्न स्थानीय प्रशासनलाई पत्राचार गरेकाे छ । पत्राचारमार्फत परीक्षाको वास्तविकता माथि छानबिन गरेर परीक्षार्थीलाई न्याय दिलाउन आग्रह गरिएकाे छ ।
यसअघि पूर्व उपकुलपति प्राध्यापक डाक्टर राजेन्द्रराज वाग्लेको समयमा एक परीक्षा लिखित स्थान राष्ट्रिय पत्रिकामा समेत जुम्ला केन्द्र तोकिए पनि काठमाण्डौ गरेपछि विद्यार्थी आन्दोलित भएका थिए ।
