Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिदेशमा चिकित्सा शिक्षाका अध्यायन गरेका विद्यार्थीले प्रयोगात्मक अभ्यास गर्न पाउने ।

बिदेशमा चिकित्सा शिक्षाका अध्यायन गरेका विद्यार्थीले प्रयोगात्मक अभ्यास गर्न पाउने ।

  • 547
    SHARES

  • बिदेशमा  चिकित्सा शिक्षाका अध्यायन गरेका विद्यार्थीले प्रयोगात्मक अभ्यास गर्न पाउने ।

    काठमाडौ- विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले आवश्यक प्रक्रिया पुर्‍याई आवेदन दिएमा नेपालमा नै प्रयोगात्मक अभ्यास गर्न पाउने भएका छन् ।

    कोभिड १९ का कारण प्रयोगात्मक अभ्यास पूरा नगरेका बिदेश पढेका विद्यार्थीहरुले नेपालमा नै प्रयोगात्मक अभ्यास पूरा गर्न पाउने भएका हुन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना गरी यस्तो जानकारी दिएको हो । सूचना अनुसार स्नातक तहको पढाई पुरा गरेको पत्र वा शैद्धान्तिक परीक्षा उर्तीण भएको प्रमाणपत्र र आफू अध्ययनरत कलेज विश्वविद्यालयमा गरेको प्रयोगात्मक अभ्यासको अवधि खुल्ने विवरण सहित इच्छुक विद्यार्थीले आजदेखि २२ गते बेलुकी ५ वजेसम्म आवेदन दिनु पर्ने छ ।

    मन्त्रालयले नेपालमा प्रयोगात्मक अभ्यास अगाडि बढाउन आवश्यक पर्ने कायविधि तयार गर्ने लगायतका प्राविधिक व्यवस्थापन गर्नुपर्ने विषयहरुमा सुझाव पेश गर्न गठन गरिएको कार्यदलको निर्णयअनुसार सन् २०१५ व्याचमा भर्ना भई हालसम्म सैद्धान्तिक अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई बाँकी अवधि प्रयोगात्मक अभ्यास पूरा गर्ने व्यवस्था गरिएको हो ।

    चिकित्सा शिक्षा आयोग तथा सम्बन्धित निकायहरुबाट विश्लेषणकालागि मन्त्रालय मार्फत आवश्यक विवरण संकलन गर्ने भनी सिफारिस भएको हुँदा विदेशमा चिकित्सा शिक्षा अध्ययनरत कोभिड १९ का कारण प्रयोगात्मक अभ्यास पूरा नभएका तर उक्त अभ्यास पूरा गर्न इच्छुक विद्यार्थीका लागि यो अवसर दिइएके सूचनामा उल्लेख गरिएको छ ।

    यस्तो छ शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले जारी गरेको सूचना ।

    Screenshot_20210928-162902_Facebook.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार