Oct 02 2026 | २०८३, आश्विन १६ गते

नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा ।

नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा ।

  • 762
    SHARES

  • नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा ।

    काठमाडौं- माल्दिभ्समा भैरहेको साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा पुगेको छ । लिग चरणको नेपालको अन्तिम खेलमा अन्जान बिष्टले पेनाल्टीबाट गोल गरेर बंगलादेशसँग बराबरी खेल्दै टोलीले देशलाई फाइनलमा पुर्याएका हो । यो इतिहासकै पहिलो हो ।

    बंगलादेशका गोलकिपर अनीसुर रहमान ज़िकोले डि बक्स बाहिर आएर बल छोएपछि उनले रेड कार्ड पाउँदा १० जनामा समेटिएको बंगलादेश विरुद्ध नेपाल हाबी भएको थियो।

    राउन्ड रोबिनका आधारमा खेलाइएको खेलमा नेपालका लागि बराबरी पर्याप्त थियो । खेलको नवौं मिनेटमा नेपाल १-० ले पछि परेको थियो । तर, खेलको अन्ततिर अञ्जन बिष्टले पेनाल्टीमार्फत् गोल गरी टोलीलाई फाइनलमा पुर्याएका थिए ।

    नेपाल र बंगलादेश फुटबल इतिहासमा २२ पटक आमनेसामने खेल भएका छन् । तीमध्ये १३ खेलमा बंगलादेश र ७ खेलमा नेपाल विजयी भएको छ । दुई खेल बराबरी भएको छ । विगत हेर्ने हो भने नेपालभन्दा बंगलादेश बलियो टिम हो । तर यो प्रतिस्पर्धामा नेपाल बलियो सावित भयो ।

    त्यसैगरी साफ च्याम्पियनशीपमा भने नेपाल र बंगलादेश सातपटक आमनेसामने भएका छन् । जसमा नेपालले तीनपटक र बंगलादेशले चारपटक जीत हासिल गरेका छन् ।

     

    images
    बुधवार, आश्विन २७ २०७८०७:१०:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार