Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिज्ञान प्रबिधि

नेपाल अन्तरिक्षमा आफ्नै भू–उपग्रह प्रक्षेपणका गर्ने: आठ कम्पनीको प्रस्ताव।

नेपाल अन्तरिक्षमा आफ्नै भू–उपग्रह प्रक्षेपणका गर्ने: आठ कम्पनीको प्रस्ताव।

  • 689
    SHARES

  • नेपाल अन्तरिक्षमा आफ्नै भू–उपग्रह प्रक्षेपणका गर्ने: आठ कम्पनीको प्रस्ताव।

    काठमाडौँ, कात्तिक ११ गते - नेपालले अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने भएको छ। यस अघि नै प्रक्षेपण गर्ने योजना हुदाहुदै पनि विभिन्न कारण स्थगित भएको कार्यक्रम अब भने सरकारको नीतिअनुसार परामर्श सेवा दिन आठवटा अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका छन् ।

    नेपाल दूूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणको आह्वानमा ती कम्पनीले प्रस्ताव पेस गरेको बताउनुुभयो । उहाँले अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्नका लागि त्यसको नियमन, कानुनी संरचना, व्यावसायिक ढाँचा र बिड डकुमेन्ट तयार गर्न पाँच कम्पनीसँग प्रस्ताव माग गरिएकोमा आठवटा अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव पेस गरेको जानकारी दिनुभयो ।

    अध्यक्ष खनालले भन्नुभयो, “अहिले कम्पनीहरूले गरेको प्रस्तावको प्राविधिक मूल्याङ्कन भइरहेको छ । प्राविधिक प्रस्तावमा उत्तीर्ण भएका कम्पनीको मात्र आर्थिक प्रस्ताव खोली मूल्याङ्कन गरिनेछ ।”

    प्राविधिक र आर्थिक मूल्याङ्कनको प्राप्ताङ्क क्रमशः ८० र २० हुन्छ । दुईवटै मूल्याङ्कनमा उत्कृष्ट अङ्क प्राप्त गर्ने एउटा कम्पनी छनोट भई सो कम्पनीसँग कार्य सम्झौता गरी प्रक्षेपणसम्बन्धी काम सुरु हुनेछ ।”

    प्राधिकारणले असोज ३१ सम्म आशयपत्र बुझाउन प्राधिकरणले समयसीमा तोकेकोमा सो अवधिमा दशैँ बिदा परेकाले पाँच दिन समय थप गरेको थियो । सोही अवधिमा ती आठ कम्पनीले प्रस्ताव पेस गरेका थिए ।

     

    images
    बिहिवार, कार्तिक ११ २०७८०७:५२:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार