बुधवार, कार्तिक २४ २०७८
काठमाडौ - लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी प्राविधिक र स्वास्थ्य सेवाका सातौ तथा आठौं तहका पदमा आवेदन माग गरेको छ। आयोगले तीन सय बढी पदमा दरखास्त आह्वान गर्दै गोरखापत्रमा सूचना निकालेको हो।
यी पदहरूमा खुला तथा समावेशी प्रतियोगिताबाट लिखित परीक्षा हुनेछ। इच्छुकलाई आवेदन दिन आयोगले आह्वान गरेको छ।
आवेदन फारम भर्नको लागि यो लिन्कमा psconline.psc.gov.np क्लिक गरेर भर्न सकिनेछ। आयोगका अनुसार मंसिर १४ गतेभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ।




