Jul 27 2026 | २०८३, श्रावण ११ गते

मेडिकल शिक्षा अध्ययनकोलागी पुन: तोकियो शुल्क। (हेर्नुस् कुन विषयको कति ?)

मेडिकल शिक्षा अध्ययनकोलागी पुन: तोकियो शुल्क। (हेर्नुस् कुन विषयको कति ?)

  • 630
    SHARES

  • मेडिकल शिक्षा अध्ययनकोलागी पुन: तोकियो शुल्क। (हेर्नुस् कुन विषयको कति ?)

    काठमाडौ - चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षा तर्फ शैक्षिक सत्र २०७७ र ०७८ को शुल्क निर्धारण गरेको छ। शुल्कका सम्बन्धमा विश्वविद्यालय, प्रतिष्ठान तथा विद्यार्थीहरुले बारम्बार सोध्ने भएकाले शुल्कको तालिका सहित सूची पुन: सार्वजनिक गरेको  जना‍एकाे छ ।

    आयोगले एक सूचना जारि गर्दै शुल्क निर्धारण गरिएको जनाएको हो। आयोगले एमबिबिएस उपत्यका भित्रको हकमा ४० लाख २३ हजार २ सय ५० रूपैयाँ तोकिदिएको छ।

    त्यस्तै, उपत्यका बाहिरको हकमा भने एमबिबिएसको ४४ लाख ३६ हजार २५ रूपैयाको तोकिएको छ। डेन्टलका लागि २० लाख १९ हजार ५८० शुल्क तोकिएको छ ।  बीएससी नर्सिङ कार्यक्रममा १० लाख शुल्क आयोगले निर्धारण गरेको छ ।

    शुल्कहरुको विवरण यस आयोगको मिति गत जेठ २९ र असार २ गते नै प्रकाशन गरेको थियो ।

    हेर्नुस् आयोग द्वारा प्रकाशित गरिएको शुल्क सुची सहित सूचना ।

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार