Jul 27 2026 | २०८३, श्रावण ११ गते

सावधान ! नेपाल देखियो ओमिक्रोन भाइरस।

सावधान ! नेपाल देखियो ओमिक्रोन भाइरस।

  • 869
    SHARES

  • सावधान ! नेपाल देखियो ओमिक्रोन भाइरस।

    काठमाडौ - कोभिड -१९ को अतिपरिबर्तित नयाँ भेरियण्ट ओमिक्रोन भाइरस नेपालमा पनि भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै २ जना ब्यक्तिमा ओेमिक्रोन भाइरस पुष्टि भएको जनाएको छ।

    ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको उनले बताए। उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो।

    उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ।

    यो भरिअन्ट अत्यधिक उत्परिवर्तित भएको भनिएपनि खोपको प्रभावकारिता हुने वा नहुनेबारे बैज्ञानिकहरू अझैसम्म स्पष्ट भइसकेका छैनन्।<> विश्व स्वास्थ्य सङ्गठनका वैज्ञानिकहरूले यसबाट नआत्तिन तर सचेत रहन आग्रह गरेका छन्।

     

    images
    सोमवार, मंसिर २० २०७८०१:४५:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार