Jul 27 2026 | २०८३, श्रावण ११ गते

इन्टर्नसिपको व्यवस्था मिलाइदिन भन्दै चिकित्सा शिक्षा आयोगमा विद्यार्थीले लगाए ताला।

इन्टर्नसिपको व्यवस्था मिलाइदिन भन्दै चिकित्सा शिक्षा आयोगमा विद्यार्थीले लगाए ताला।

  • 707
    SHARES

  • इन्टर्नसिपको व्यवस्था मिलाइदिन भन्दै चिकित्सा शिक्षा आयोगमा विद्यार्थीले लगाए ताला।

    काठमाडौ - चीनबाट चिकित्सा शिक्षा अध्ययन गरी फर्केका विद्यार्थीहरुले नेपालमै इन्टर्नसिपको व्यवस्था मिलाइदिन भन्दै चिकित्सा शिक्षा आयोगमा तालाबन्दी गरेका छन्।

    यसअघि २०१५ र १६ ब्याचका विद्यार्थीहरुले स्वदेशमै इन्टर्नसिप गर्न व्यवस्था मिलाइदिन भन्दै कयौं दिनदेखि माइतीघरमा आन्दोलन गर्दै आएका थिए।

    आन्दोलनकै क्रममा चिकित्सा शिक्षा आयोगसँग वार्ताका लागि गएका विद्यार्थीहरुलाई प्रहरीले जर्बजस्ती गरेको र पदाधिकारीहरुलाई भगाइएको भन्दै तालाबन्दीको घोषणा गरेका छन्।

    एक विज्ञप्त जारी गर्दै विद्यार्थीहरुले लेखेका छन्, ‘आफ्नो माग राख्दै चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुसँग शान्तिपूर्ण पहल गर्दा प्रहरीले विद्यार्थीहरुलाई बलपूर्वक दमनगरी आयोगका पदाधिकारीलाई भगाइएको हुनाले हामी बाध्य भई आजको दिनबाट चिकित्सा शिक्षा आयोगमा तालाबन्दीको घोषणा गरेका छौं।

    उनीहरुले चीनबाट सैद्धान्तिक कक्षा पूरा गरेपनि इन्टर्नसिप गर्न भने पाएका थिएनन्। कोरोना महामारीका कारण बाध्य भएर नेपाल फर्केका थिए।

    इन्टर्नसिप नगरेसम्म चिकित्सा शिक्षालाई नेपाल मेडिकल काउन्सीलमा दर्ता गर्न नपाउने व्यवस्था भएका कारण गत वर्षदेखि इन्टर्नसिपको व्यवस्था गरिदिन आन्दोलन गर्दै आएका थिए।

    यस्तो छ बिगप्ति ।

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार