Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिश्वबिद्धालय कै निर्देशन समेत टेरेनन्  केएमसीले र नोबेल मेडिकल कलेजले।

बिश्वबिद्धालय कै निर्देशन समेत टेरेनन्  केएमसीले र नोबेल मेडिकल कलेजले।

  • 692
    SHARES

  • बिश्वबिद्धालय कै निर्देशन समेत टेरेनन्  केएमसीले र नोबेल मेडिकल कलेजले।

    धुलिखेल- काठमाडौ मेडिकल कलेज र नोबेल मेडिकल कलेजले बिश्वबिद्धालयको निर्देशलाई समेत अटेरी गरेका छन्।

    उनिहरुले काठमाडौं विश्वविद्यालयको निर्देशनलाई अटेरी गरी होस्टेल शुल्क चर्को नतिर्ने विद्यार्थीलाई नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजले पठनपाठनमा सहभागी गराएका छैनन् ।

    यस अघि काठमाडौ बिश्वबिद्धालयले माघ  ११ गते अतिरिक्त शुल्क बुझाएका विद्यार्थीको रकम उनीहरूकै खातामा फिर्ता गर्ने र बाँकी सबै विद्यार्थीलाई पठनपाठनमा सहभागी गराउन निर्देशन दिएको थियो । तर, ती दुई कलेजले तोकेको होस्टेलको महँगो र पूरै शुल्क नतिरेसम्म प्रवेश नदिने अडान राखेको बताइएको छ। 

    बिश्वबिद्धालयको निर्देशनपछि विद्यार्थीहरुले केएमसीका प्रिन्सिपललाई समेत भेटेर छलफल गरेका थिए । तर, प्रिन्सिपलले सुनील शर्मा बाहिर रहेको र आफूलाई होस्टेलको शुल्क नतिरी पढ्न दिने निर्णय गर्ने अधिकार नभएको बताएको एक विद्यार्थीले जानकारी दिए । एमबिबिएस, बिडिएसको पढाइ संवेदनशील भएकाले केही विद्यार्थी बाध्य भएर होस्टेलको पूरै शुल्कको कबुलियतनामा गरेर अध्ययनमा सहभागी भएका छन् ।

    चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजको होस्टेलमा बस्ने विषय बाध्यकारी नभएको र ऐच्छिक हुने निर्णय गरी सर्कुलर गरिसकेको छ ।

    नोबेल र केएमसीका सञ्चालक सुनील शर्माले प्रधानमन्त्री शेरबहादुर देउवासँगको सम्बन्धलाई देखाएर चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालयलगायत कुनै पनि निकायको निर्णय र निर्देशन मानेका छैनन् । विभिन्न बैठकमा शर्माले मन्त्रीदेखि अन्य निकायका पदाधिकारीलाई चुनौती दिने गरेका छन् ।  

     

    यस्तो थियो काठमाडौ बिश्वबिद्धालयको निर्देशन ।

    FB_IMG_1643115044912.jpgFB_IMG_1643115048400.jpgFB_IMG_1643095077739.jpg

    images
    शुक्रवार, माघ १४ २०७८०९:०१:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार