Jul 27 2026 | २०८३, श्रावण ११ गते

गिट्टि कुटेर धानेको जिन्दगी । मर्मस्पर्शी यथार्थता

गिट्टि कुटेर धानेको जिन्दगी । मर्मस्पर्शी यथार्थता

  • 682
    SHARES

  • गिट्टि कुटेर धानेको जिन्दगी । मर्मस्पर्शी यथार्थता

    बझाङ - उमेरले बुढी भइसकेकी किस्मती बोहोरा आफ्नै हात पाखुरा थिच्दै गिट्टी कुटेर बिहानबेलुकीको छाक टार्ने गर्छिन् । पुसको चिसो सिरेटोमा पनि बाउलीखोलाको किनारमा जेष्ठनागरिकहरूको जीवन धान्ने गतिलो माध्यम यही गिट्टी बनेको छ ।

    उनीजस्तै सुर्मा गाउँपालिकाकी बेलु बोहोरा पनि आफ्नो ३ वर्षीय बालक काखमा च्यापेर गिट्टी कुटिरहेकी छन् । उनले आफ्ना बालबच्चा हुर्काउँदाकाे समय गिट्टी कुटेर नै घरपरिवारको सम्पूर्ण खर्च चलाएको बताइन् ।

    यी त प्रतिनिधिमूलक घटना मात्रै हुन् । सदरमुकाम चैनपुर नजिकै रहेको यो बगरमा दैनिक ६ सय भन्दा बढी महिला गिट्टी कुटेरै जीवन निर्वाह गरिरहेका छन् ।received_242277068065740.jpeg

    हातभरि फोका हुँदासम्म गिट्टी कुट्दै बसेकी किट्टी बोहोरा जाडो-गर्मी नभनी ठूल्ठूला ढुंगा बजार्दै गिट्टी संकलन गर्दै आएकी छन् ।

    त्यहीँ नजिकै सोही ठाउँकी चरिमाया बोहोरा काखमा दूधे बालक च्याप्दै र छेउमा अर्की छोरीको समेत ख्याल गर्दै आफ्ना ५ छोराछोरीलाई गिट्टी कुटेरै पढाइलेखाइ गरेको बताइन् ।

    बझाङको सदरमुकाम नजिकै रहेको यो बगरमा गिट्टी कुट्नेको मेला लागे जस्तै देखिन्छ तर उनीहरूले भागिरहेका दुःखहरू भने अनुहारमा प्रष्ट झल्किरहेका थिए ।received_1158803641523487.jpeg

    खेतीपातीबाट ६ महिना खान नपुग्ने र भएको खेतबारी पनि बाढीपहिरोले सखाप पारेपछि अशिक्षित महिलाहरूका जीवन गुजार्ने उपाय बनेको छ । यो गिट्टी कुट्ने भिडबाट एउटामात्रै आवाज गुन्जिरहेको हुन्छ, ‘१ बोरा गिट्टीको मूल्य १ सय रुपैयाँ हुनुपर्छ ।’

    सुर्मा गाउँपालिकाकी चreceived_795035148563555.jpegरिमायाले आफ्ना परिवारका १२ जना सदस्य बेरोजगार भएकाले जीवन धान्ने पेशा यही भएको बताइन् । उनले पनि शिशुलाई काखीमै च्यापेर गिट्टी कुट्ने र ढुंगा फुटाउँदा तथा जम्मा पार्दा चिसो भुइँमा बच्चा राख्ने गरेको बताइन् ।

     

    #सामाजिक संजाल फेसबूक मेसेन्जर बाट जस्ताको तेस्तै।

    images
    शनिवार, माघ १५ २०७८०९:३९:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार