Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षामन्त्री पौडेलद्वारा विश्वविद्यालय सुधारका योजना माग।

शिक्षामन्त्री पौडेलद्वारा विश्वविद्यालय सुधारका योजना माग।

  • 561
    SHARES

  • शिक्षामन्त्री पौडेलद्वारा विश्वविद्यालय सुधारका योजना माग।

    माघ १७, काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय सुधारका योजना माग गरेकाछन्। सोमबार मन्त्रालयमा त्रिभुवन विश्विद्यालयका उपकुलपती धमकान्त बास्कोटा  सहितको छलफलमा मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालय सुधारका योजना मागेका हुन् ।

    मन्त्री पौडेलले भने , ‘देशका ८० प्रतिशत विद्यार्थी ओगटेको विश्वविद्यालयले नयाँ योजना दिनुुपर्‍यो ‘मन्त्रालयले विश्वविद्यालय सुधारका लागि योजना बनाइरहेको र त्यही अनुरुप कार्यान्वयनको प्रक्रियामा लैजान्छौं ।’

    त्यसैगरी मेडिकल शिक्षाका सन्दर्भमा कुरा गर्दै मन्त्री पौडेलले वार्षिक १ खर्बभन्दा बढि रकम विदेश गइरहेको बताउँदै काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले त्यसलाई रोकेर नेपालमै विद्यार्थीलाई पढ्ने वातावरणको सृजना गर्नुृपर्ने बताए ।

    पौडेलले काउन्सीलको परीक्षासहित अध्ययनको व्यवस्था यही गर्दै विद्यार्थीले नेपालमै पढ्ने कुरामा हामीले खोलिदिनुपर्ने बताए। कोष र क्वालिटीमा मन्त्रालयले हस्तक्षेप नगर्ने भन्दै विद्यार्थीलाई नेपालमै पढ्ने वातावरणको सृर्जना गरी त्यसका लागि मन्त्रालयले गाठो फुकाउनेमा प्रतिबद्धता समेत व्यक्त गरे ।

    त्यसैगरी विश्विद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले विश्वविद्यालयको भौतिक पूर्वाधार सुधार, प्रविधि मैत्री विश्वविद्यालय, अनुसन्धानलाई प्राथमिकता शैक्षिक पात्रको व्यवस्था र त्यसको कडाइका साथ पालना गर्नुपर्ने विषयमा जानकारी गराए ।

    उनले परीक्षा प्रणालीमा व्यापक सुधार तथा विकेन्द्रीकरण, बजारमुखी, स्वरोजगारमुलक तथा देशको आवश्यकतानुसारको जनशक्ति उत्पादन, आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुको प्रभावकारी नियमन, उच्च शिक्षा तर्फ अन्तर्राष्ट्रियकरण गर्दै लैजाने, सुशासनमा जोडलगायतका १५ सुत्रिय सुधार योजना सुनाए ।

    त्यसैगरी बास्कोटाले भने, राजनीतिक आडमा विभिन्न संगठनले तालाबन्दी गर्दा विद्यार्थीको पढाई प्रभावित भएको बताए । ‘विभिन्न राजनीतिक दलका मान्छेहरुले १ सय ४९ दिन तालाबन्दी गरे,’ उनले भने,‘ हामी असुरक्षित छौं, गृहमन्त्रालयलाई सुरक्षाको माग गर्दा विश्वविद्यालयमा प्रहरी पठाउन मिल्दैन भन्नुहुन्छ ।’

    उनले ४० वर्षअघिका भौतिक संरचना २०७२ सालको भुकम्पले क्षति भएर रातो स्टिकर लगाइसेकपनि त्यही बसेर विद्यार्थीहरुले अध्ययन गरी रहेको सुनाए ।

     

    images
    सोमवार, माघ १७ २०७८०७:३८:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार