बुधवार, माघ १९ २०७८
माघ,१९/काठमाडौ - लोकसेवा आयोगले कोभिड संक्रमण लाई ध्यान दिदै स्थगित गरिएका परीक्षा फागुम ७ देखि संचालन गर्ने भएको छ। आयोगको मिति २०७८ माघ १९ गते बसेको बैठकले गरेको निर्णय अनुसार परिक्षा मिति र तालिका सार्वजनिक गरेको हो।
लोक सेवा आयोग परिक्षा संचालन शाखाले मोति २०७८ माघ ६ गते स्थगित गरिएका उपसचिव वा सो सरह (अप्राबिधिक/प्राबिधिक) शाखा अधिकृत वा सो सरह (प्राबिधिक) र स्वास्थ्य सेवा तर्फ नवौ, आठौ र सातौ तहको विभिन्न पदका लिखित परिक्षाहरुको परिक्षा तालिका सार्वजनिक गरेको छ।





