Jul 27 2026 | २०८३, श्रावण ११ गते

चिकित्सा शिक्षा संघर्ष अभियानले जारी गर्‍यो बिग्यप्ति, विद्यार्थीलाई परीक्षाबाट बञ्चित नगर्न चेतावनी।

चिकित्सा शिक्षा संघर्ष अभियानले जारी गर्‍यो बिग्यप्ति, विद्यार्थीलाई परीक्षाबाट बञ्चित नगर्न चेतावनी।

  • 498
    SHARES

  • चिकित्सा शिक्षा संघर्ष अभियानले जारी गर्‍यो बिग्यप्ति, विद्यार्थीलाई परीक्षाबाट बञ्चित नगर्न चेतावनी।

    जेठ, २३ काठमाडौं- चिकित्सा शिक्षा संघर्ष अभियानले विद्यार्थीलाई परीक्षाबाट बञ्चित नगर्न माग गरेको छ।

    चिकित्साशास्त्र अध्ययन संस्थान (IOM) अन्तर्गत मेडिकल शिक्षामा भएको बेथिति बिरुद्ध संघर्ष गर्ने चिकित्सा शिक्षा संघर्ष अभियानले समय अवधि नपुगी नियमित परीक्षा दिन नपाएका विद्यार्थीलाई आगामी हुने तेस्रो वर्षको पुरक परीक्षामा सहभागी गराएपछी मात्रै नियमित सरह परीक्षा सञ्चालन गरिने निर्णय गर्न माग गरेका हुन् ।

    आईओएम प्रथम वर्षको परीक्षा न्यूनतम चार पटक र दोस्रो वर्षको दुइ पटक दिए पश्चात् अनुतिर्ण भए मात्रै ब्याच ड्रप हुने व्यवस्था रहेकोमा प्रथम वर्षको चौथो परीक्षाको परीक्षाफल ढिला प्रकाशित हुँदा विद्यार्थीलाई थप मर्का परेको अभियानको भनाई छ।

    कोरोनाको महामारीमा परेका र स्वयम् परीक्षा महासाखाबाट परीक्षा ढिलो भन्दै अभियानले चिकित्सा शिक्षा संघर्ष अभियानले विद्यार्थीका माग पूरा नगरिए विद्यार्थी संगै आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ।

     

    यस्तो छ बिग्यप्तिको पुर्ण पाठ ।

    Screenshot_20220606-181049_Facebook.jpg

    images
    सोमवार, जेठ २३ २०७९०६:३८:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार