Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल का चर्चित नेता कसको पढाइ कति ?

नेपाल का चर्चित नेता कसको पढाइ कति ?

  • 3.1K
    SHARES

  • नेपाल का चर्चित नेता कसको पढाइ कति ?

    नेपाली राजनीति बुद्धिजीवी अच्यूत वाग्लेले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको शैक्षिक योग्यतामाथि प्रश्न उठाएपछि नेताहरुको औपचारिक पढाइबारे चासो बढेको छ ।

    जनताको बढ्दो राजनीतिक चेतना र जागरणका बीच नेताहरुले राम्रो काम गरेर देखाउनुपर्ने चुनौति छ । राम्रो गर्न क्षमता पनि राम्रै चाहिन्छ, शैक्षिक योग्यता पनि त्यसको एक अंश हो । तर, शैक्षिक योग्यताले मात्रै सधैं राम्रो परिणाम भने दिँदैन ।

    नेपालका नेताहरुमा औपचारिक शिक्षाका दृष्टिले कांग्रेसहरु नै माथि छन् । राणाकाल होस् वा पञ्चायत काल, उनीहरुले औपचारिक शिक्षालाई छोडेनन् । तर, कम्युनिष्ट नेताहरु भने औपचारिक पढाइलाई खासै महत्व दिएनन् ।

    ज्ञानका दृष्टिले भने कम्युनिष्ट नेताहरु नै अगाडि देखिन्छन् । किनकि, भूमिगत काल प्रायः नेताहरुले स्वअध्ययनमै बिताए । उनीहरुसँग शैक्षिक प्रमाणपत्र त छैन । तर, ज्ञानका दृष्टिले अब्बल पनि छन् । हामीले यहाँ नेपालका २३ नेताहरुको शैक्षिक योग्यता र क्षमताको चर्चा गरेका छौं । हेर्नुस्, योग्यता र क्षमता ।

    (१) केपी शर्मा ओली (प्रधानमन्त्री)

    _116186685_kp_oli.jpg
    एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले झापाको आदर्श माविबाट २०२८ सालमा एसएलसी उत्र्तीण गरेका हुन् । भूमिगत जीवनका कारण औपचारिक शिक्षा कम भए पनि १४ वर्षे जेल जीवनका क्रममा उनले राम्रो स्वअध्ययन गरेका छन् । उनी नेपाली साहित्य, राजनीति, कुटनीति र समाजशास्त्र र नेपाली, हिन्दी र अंग्रेजी भाषामा दख्खल राख्छन् ।

    (२) शेरबहादुर देउवा (कांग्रेस सभापति)

    images (1).jpg
    पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले लण्डन यूनिभर्सिटीबाट अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । पञ्चायत कालमा देउवा राम्रो वक्ता मानिन्थे । तर, जिब्रोमा करेण्ट लगाइएका उनीमा वाकपटुता छैन । स्नातकोत्तर गरेका देउवा शक्ति परिचालनका दृष्टिले अब्बल ठानिए पनि अतिरिक्त बौद्धिकता देखिँदैन ।

    (३) प्रचण्ड (माओवादी अध्यक्ष)

    prachanda.jpg
    पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले कृषि विषयमा बिएस्सी गरेका छन् । २५ वर्ष लामो भूमिगत जीवन र सशस्त्र संघर्षको नेतृत्व गरेका प्रचण्डसँग दर्शन, इतिहास, अर्थशास्त्र, कुटनीति र नेपाली साहित्यको राम्रो ज्ञान छ । उनी नेपालका नेताहरुमध्ये सर्वाधिक चलाख र प्रतिभाशाली मानिन्छन् । प्रचण्ड नेपाली, हिन्दी र अंग्रेजी भाषामा दख्खल राख्छन् ।

    (४) माधव कुमार नेपाल (पूर्व प्रधानमन्त्री)

    Madhav-K-Nepal.jpg
    पूर्व प्रधानमन्त्री नेपालले त्रिभूवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातक गरेका छन् । उनीसँग नेपाली, हिन्दी, मैथिली र अंग्रेजी भाषाको ज्ञान छ । उनीसँग राजनीतिशास्त्र र दर्शनका क्षेत्रमा समेत गहिरो ज्ञान छ । नेता नेपाल कुटनीतिमा अब्बल मानिन्छन् ।

    (५) डा. बाबुराम भट्टराई 

    x1420607867baburam.jpeg.pagespeed.ic.1FBSLBbPlr.jpg
    पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. भट्टराईले इन्जिनियरिङमा विद्यावारिधि गरेका छन् । भट्टराई नेपालका नेताहरुमा सबैभन्दा बौद्धिक नेता मानिन्छन् । राजनीति, अर्थशास्त्र, दर्शन, कुटनीति, समाजशास्त्र लगायतका धेरै विषयमा उनको गहिरो ज्ञान छ । उनी नेपाली, हिन्दी, मैथिली, अंग्रेजी लगायतका भाषामा दख्खल राख्छन् । उनलाई नेपालका प्राज्ञिक नेता मानिन्छ ।

    (६) झलनाथ खनाल

    images.jpg

    इलामको साँखेजुगमा जन्मिएका झालामाथ खनाल ले त्रिभुवन बिश्वबिद्यालय बाट राजनितीशास्त्र र इतिहासमा सनातक सम्म पढाइ पुरा गरेका छन्| उनले बागलुङ जिल्लाको गल्कोट भन्ने ठाउमा बिज्ञान बिषय को शिक्षण पेसामा हुदा राजनीति गरेका कारण जागिर गुमाउन बाध्य भएपछी पूर्णरुपमा राजनीतिमा सक्रिय भएका थिए | 

    (७) नारायणकाजि श्रेष्ठ

    images (3).jpg

    ३० रुपैयाँ बोकेर गोरखाबाट काठमाडौं छिरेका हुन् । गोरखाको गाउँमा रहेको उनको परिवार शुरुमा धनी किसान वर्गको भए पनि पछि आर्थिक अवस्था खस्केको उनको भनाइ छ । गाउमा विद्यालय पढुञ्जेल उनको रोल नम्बर एक थियो | स्नातकोतर तह सम्म अध्यन गरेका नारायण काजी श्रेष्ठले आफ्ना कुरा अडिगरुपमा सँधै स्पष्टरुपमा राख्छन् सक्छन | 

    (८ ) डा. शशांक कोइराला (कांग्रेस महामन्त्री)

    download (17).jpg

    कांग्रेस महामन्त्री कोइराला आँखाका डाक्टर हुन् । उनले एमबिबिएस र एमडी गरेका छन् । पढाइमा राम्रै ख्याति कमाएका कोइराला राजनीतिमा भने चर्चाको शिखरमा छैनन् । बीपीका छोरा शशांक शान्त स्वाभावका नेता मानिन्छन् । बाबूको लिगेसीले कोइराला कांग्रेसभित्र लोकप्रिय छन् ।

    (९ ) उपेन्द्र यादव 

    download (3).jpg
    पूर्व उपप्रधानमन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष यादवले महेन्द्र मोरङ क्याम्पसबाट स्नातकोत्तर गरेका छन् । मधेशको राजनीतिमा लोकप्रिय यादव कुटनीतिक नेता मानिन्छन् । उनी नेपाली, हिन्दी, मैथिली, भोजपुरी र अंग्रेजी भाषामा दख्खल राख्छन् ।

    (१०) महन्त ठाकुर 

    download (4).jpg
    राजपा संयोजक ठाकुरले स्नातक गरेका छन् । अत्यन्तै शालिन र भद्र स्वाभावका नेता ठाकुर कुटनीतिक नेता मानिन्छन् । मधेशी समुदायमा लोकप्रिय रहेका उनी नेपाली, अंग्रेजी, हिन्दी र मैथिली भाषामा दख्खल राख्छन् ।

    (११) प्रदीप ज्ञवाली 

    download (5).jpg
    एमाले सचिव समेत रहेका मन्त्री ज्ञवालीको औपचारिक शिक्षा एसएलसीसम्म मात्र छ । तर, उनी दर्शन, अर्थशास्त्र, समाजशास्त्र, इतिहासमा गहिरो ज्ञान राख्छन् । पञ्चायत कालको धेरै समय स्वअध्ययनमा बिताएका ज्ञवाली नेपाली, हिन्दी र अंग्रेजी भाषामा दख्खल राख्छन्, ज्ञवाली नेपालका बौद्धिक नेताहरुको कोटी पर्छन् ।

    (१२) वर्षामान पुन 

    download (6).jpg
    मन्त्री पुनले कानूनमा स्नातक गरेका छन् । सशस्त्र विद्रोह कालमा फौजी मोर्चाको नेतृत्व गरेका पुन कुटनीति र संगठनमा राम्रो दख्खल राख्छन् । यसका साथै अर्थशास्त्र, समाजशास्त्र र इतिहासमा उनको राम्रै ज्ञान छ । उनी शालिन नेता मानिन्छन् ।

    (१३) नेत्रविक्रम चन्द (नेकपा महासचिव)

    765566813biplop.jpeg
    रोल्पा मा जन्मिएका नेकपा  महासचिव  विप्लव बिद्रोही स्वभाव का नेता हुन् | अहिले पनि अर्धभूमिगत छन् ।  स्नातकसम्मको औपचारिक अध्ययन गरेका नेता विप्लवसँग कुटनीति, दर्शन, इतिहास र संगठनमा राम्रै ज्ञान छन् । विप्लवसँग ‘मास’लाई प्रभावित गर्नसक्ने राम्रो क्षमता छ ।

    (१४). रामबहादुर थापा 

    download (7).jpg
    पिता कर्णबहादुर र माता नन्दकुमारीका जेठा छोराका रुपमा २०१२ साल वैशाख १९ गते गुल्मीमा जन्मनुभएका थापाले रामपुर कृषि क्याम्पसबाट बिएस्सीएजी सम्मको पढाइ सकी इन्जिनिर पढ्न तात्कालीन सोभियत युनियन गएका थिए । तर नेपालमा जनवादी क्रान्ति सपना उनेर बीचमै छाडेर स्वदेश फर्किए लगत्तै भूमिगत राजनीतिमा होमिएका थिए। 

    (१५)प्रदीप गिरी (कांग्रेस नेता)

    images (4).jpg
    नेहरु विश्वविद्यालयबाट दर्शन र अर्थशास्त्रमा विद्यावारिधि गरेका नेता गिरी अध्ययनशील र बौद्धिक नेता हुन् । नेता गिरी लोकप्रिय लेखक पनि हुन् । उनीसँग प्रजातान्त्रिक धारको मात्र होइन, बामपन्थी धाराको समेत गहिरो ज्ञान छ ।

    (१६) पम्फा भुसाल

    download (8).jpg
    स्नातकसम्म औपचारिक शिक्षा लिएकी नेतृ भुसाल माओवादी प्रवक्ता र पूर्वमन्त्री हुन् । मन्त्री भुसाल राजनीति र संगठनका क्षेत्रमा राख्ने दख्खल राख्छिन् । नेपालका महिला नेताहरुमध्ये उनी अग्रभागमा छिन् ।

    (१७) योगेश भट्टराई

    download (2).jpg
    एमाले सचिव भट्टराईले समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गरेका छन् । नेता भट्टराई युवा पुस्ता र बौद्धिक समुदायमा लोकप्रिय छन् । अध्ययनशील नेता भट्टराईले सामयिक राजनीतिमा राम्रो प्रभाव राख्छन् ।

    (१८) गोकर्ण बिष्ट 

    download (9).jpg
    मन्त्री बिष्टले वाणिज्यमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । एमालेभित्र बौद्धिक नेता मानिने बिष्ट अध्ययनशील छन् । उर्जा मन्त्री हुँदा विद्युत महशुल संकलनमा सफलता हासिल गरेपछि उनी चर्चामा छन् । बिष्ट राजनीतिशास्त्र, इतिहास र संगठनमा पनि राम्रो दख्खल राख्छन् ।

    (१९) जनार्दन शर्मा 

    download (10).jpg
    शिक्षा शास्त्रमा स्नातक गरेका पूर्व उर्जामन्त्री शर्मा लोकप्रिय युवा नेता हुन् । खरो स्वाभाव र परिणाममूखी काममा विश्वास गर्ने शर्माले उर्जामन्त्री हुँदा उज्यालो अभियानको नेतृत्व गरेका थिए । पूर्व डेपुटी कमाण्डर समेत रहेका उनी हक्की स्वाभाव छन् ।

    (२०)कमल थापा 

    download (16).jpg

    उनी पूर्व गृह मन्त्रि, टेबलटेनिस खेलाडी र नेपाली फुटबल टिममा पुर्व कप्तान पनि हुन्। उनले अखिल नेपाल फुटबल सङ्घको अध्यक्ष पद २६ वर्षको उमेरमा नै सम्हालेका थिए | उनले राजनीति शास्त्र र अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्।

    (२१) विश्वप्रकाश शर्मा (कांग्रेस प्रवक्ता)

    download (11).jpg
    स्नातकोत्तर गरेका शर्मा लोकतान्त्रिक आन्दोलनका सक्रिय युवा नेता हुन् । उनी कांग्रेसभित्र प्रखर युवा नेता मानिन्छन् । राजनीति, समाजशास्त्र, इतिहास र संगठनमा पनि राम्रै प्रभाव राख्ने उनी अध्ययनशील नेता मानिन्छन् । शर्मा नेपाली, हिन्दी र अंग्रेजीमा दख्खल राख्छन् ।

    (२२) गगन थापा (कांग्रेस नेता)

    download (12).jpg
    समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गरेका थापा कांग्रेसका युवा नेता र पूर्व स्वास्थ्य मन्त्री पनि हुन् । अध्ययनशील र युवाहरुमा लोकप्रिय नेता थापा प्रखर वक्ता र कुशल लेखक पनि हुन् । बौद्धिक कार्यमा रुचि राख्ने थापा सफल स्वास्थ्य मन्त्री पनि हुन् ।

    (२३) लालबाबू पण्डित 

    download (13).jpg
    एसएलसीसम्म औपचारिक अध्ययन गरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डित नेपालका लोकप्रिय नेता हुन् । बौद्धिकताका दृष्टिले चर्चामा नरहे पनि अघिल्लो कार्यकाल सामान्य प्रशासनको जिम्मेवारी सम्हाल्दा डिभी र पिआरधारीमाथि अंकुश लगाउने उनको काम चर्चाको शिखरमा रह्यो ।

    (२४) मातृका यादव

    download (14).jpg
    आइएडसम्मको औपचारिक शिक्षा लिएका मन्त्री यादव माओवादी नेता पनि हुन् । मधेशमा राम्रो पकड राख्ने मन्त्री यादव आदर्शको राजनीति मन पराउँछन् । खरो स्वाभाव र प्रष्ट विचारका धनी यादव दर्शन, राजनीति र इतिहासमा रुचि राख्छन् ।

    (२५) रबीन्द्र मिश्र (नेता विवेकशील–साझा)

    download (15).jpg
    पूर्व पत्रकार एवं युवा नेता रबीन्द्र मिश्रले त्रिभूवन विश्वविद्यालयबाट अंग्रेजी, पञ्जाव विश्वविद्यायलबाट पत्रकारिता र लण्डन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । बिबिसी नेपली सेवाका पूर्वप्रमूख समेत रहेका नेता मिश्र अर्थ–राजनीतिक विषयमा राम्रो दख्खल राख्छन् ।

    (२६) रामकुमारी झाँक्री (एमाले नेतृ)

    images (5).jpg
    अखिलको पूर्वअध्यक्ष समेत रहेकी झाँक्रीले स्नातकोत्तर सम्मको औपचारिक अध्ययन गरेकी छिन् । प्रखर वक्ता र निर्भिक स्वाभावका कारण उनी नेपाली राजनीतिमा स्थापित छन् । अध्ध्यनशील स्वाभावकी झाँक्री राजनीतिशास्त्र, समाजशास्त्र, इतिहास र दर्शनमा रुचि राख्छिन् ।

    images
    बिहिवार, माघ ८ २०७७०९:३४:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार