Jul 27 2026 | २०८३, श्रावण ११ गते

उत्कृष्ट ह्याण्डराइटिङ विश्व रेकर्ड राख्न सफल प्रकृति मल्ल सामाजिक सन्जालमा बनिन भाईरल!

उत्कृष्ट ह्याण्डराइटिङ विश्व रेकर्ड राख्न सफल प्रकृति मल्ल सामाजिक सन्जालमा बनिन भाईरल!

  • 1.5K
    SHARES

  • उत्कृष्ट ह्याण्डराइटिङ विश्व रेकर्ड राख्न सफल  प्रकृति मल्ल सामाजिक सन्जालमा बनिन भाईरल!

    काठमाडौ । सानै उमेरमा विश्वकै उत्कृष्ट ह्याण्डराइटिङबाट विश्व रेकर्ड राखेकी प्रकृति मल्लको बारेमा थाहा नपाउने कमै छन् । नेपालमा मात्र हैन विश्वभरी नै उनको चर्चा र उनको ह्याण्डराइटिङ भाईरल भएको छ ।

     ९ वर्षमै प्रकृति मल्ल कक्षा ५ मा पढ्थिन्, त्यही कक्षामा छँदा मल्लको हातमा एउटा कापी पर्यो । आफू पढ्ने विद्यालयकै माथिल्लो कक्षामा पढ्ने दाजु, अभिषेक लोप्चनको ।

    कक्षाका अरु विद्यार्थीको तुलनामा छोरीको पनि हस्तलेखन अब्बल भएकोले बुवा प्रल्हादकुमारले लोप्चनको कापी प्रकृतिलाई देखाउनकै लागि घरमा ल्याएका थिए । ‘कापी हातमा पर्ने बित्तिक्कै म त एकछिन केही बोल्नै सकिन ।’ सात वर्षअघिको त्यो क्षण सम्झँदै हाल १६ वर्षीया मल्लले भनिन्, ‘मैले कापी ओल्टाइपल्टाइ गरेँ, यस्तो अनविलिएवल (अविश्सनीय) अक्षर पनि लेख्न सकिने रहेछ भन्ने लाग्यो ।’

    त्यही ‘अनविलियवल’ अक्षर देखेर निक्कै उत्साहित भइन् उनी । ‘त्यही बेलादेखि म पनि ‘अनविलिएवल’ अक्षर लेख्छु भनेर लागेँ’, उनले त्यो बेला मन

    भित्रैबाट गरेको प्रतिवद्धता फुकाइन् । त्यही प्रतिवद्धताअनुसार उनले दैनिक अभ्यास गरिन् । त्यो बेला भक्तपुरको सैनिक स्कुलको कक्षा ८ की छात्राको परिणाम निस्कियो, अक्षर हेरेर सबैबाट प्रतिक्रिया पाए, ‘अनविलिएबल ह्याण्डराइटिङ’ ।

    141340967_149400976851620_6024377543274701350_n.png

    प्रकृति मल्लका हस्तलिखित अक्षर 

    कुनै टाइपिष्टले टाइप गरेको जस्तो, एकनासे अक्षरका दानाहरु, कुनै केरमेट नगरीएको सफा, हेर्दैमा चित्ताकर्षक, लोभलाग्दो अक्षर । भ्यालीवाइड इन्टर स्कुल ह्याण्डराइटिङ कण्टेष्टमा उत्कृष्ट भएपछि उनको ह्याण्डराइटिङ सामाजिक सञ्जालमा भाईरल बन्यो । फेसबुक र ट्विटरमा छ्याप्छ्याप्ति भएको त्यो ह्याण्डराइटिङ हजारौंको संख्यामा शेयर भएको छ, लाखौं लाईक, कमेण्ट र ट्विट भएका छन् । उनको अक्षर देखेर सामाजिक सञ्जालमा कमेण्टहरु ‘छक्क’ परेका छन् ।अहिले पनि उनी विश्वभरीका मिडियामा छाएकी छिन् ।

     

    images
    बिहिवार, माघ ८ २०७७०७:११:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार