Jul 27 2026 | २०८३, श्रावण ११ गते

साहित्य सिर्जना ।

कविता : मेरो देश

कविता : मेरो देश

  • 2.6K
    SHARES

  • कविता : मेरो देश

    मेरो देशमा मेरै बाल्यकाल

    सगरमाथाको काखमा बित्छ बाल्यकाल

    घामपानी हावा रोकी , सुरक्षा फालाफाल ,

    हिमाल,पहाड, तराई जहाँ पनि मिल्छ त्रिपाल

    मेरा लागि मेरी आमा , सधै मिस नेपाल ।।

    अनेकतामा एकता छर्छु समान व्यवहार गर्छु,

    बालापनदेखी देउराली सम्म देशकै निम्ति मर्छु

    युद्द रोक, विकास गराै शान्ति मनमा पालाै

    मेरा लागि मेरी आमा , सधै मिस नेपाल ।।

    फरक भाषा,धर्म फरक गरौँ असल कर्म,

    अभाव र आपतमा गरि ऐचो पैचोअनि अर्मपर्म

    चिउरा,पानी खाए पनि ठान्छु भात दाल

    मेरा लागि मेरी आमा ,सधै मिस नेपाल ।।

    बुद्ध भुमि,शान्ति भुमि विरहरुको देश ,

    संसारमै नेपाली हुन् सबैको लागि विसेष

    काख आमाको,साथ बाको बित्छ बाल्यकाल

    मेरा लागि मेरी आमा ,सधै मिस नेपाल ।।

    - गुराँस आचार्य

    नारायणी मा.वि.भरतपुर,चितवन

    कक्षा :६'ख'

     

    images
    बिहिवार, भाद्र ३० २०७९०९:३०:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार