शनिवार, माघ १४ २०७९
माघ, १४ गते काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले एसइई (SEE) परिक्षा चैत्र १७ गते देखि गर्नेगरि तालिका सार्वजनिक गरेको छ। २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (नियमित तथा ग्रेडबृद्धी) को समय तालिका सार्वजनिक गरेको हो।
राष्ट्रिय परिक्षा बोर्ड को मिति २०७९ माघ ११ गतेको निर्णय अनुसार कक्षा १० ( NEB ) ले SEE को परीक्षा २०७९ चैत १७ देखि चैत २९ गते सम्म संचालन हुने छ।
तालिका अनुसार परिक्षाको पहिलो दिन चैत १७ गते अनिवार्य अंग्रेजी र बिदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्री / अनिवार्य अंग्रेजिको परीक्षा हुने छ भने अन्तिम दिन प्राबिधिक धारतर्फका विभिन्न बिषयहरुको परीक्षा हुने छ।
SEE परीक्षा बिहान ८:०० बजे देखि ११:०० बजे सम्म संचालन हुनेछ।
