Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुम्निमा जसले कक्षा १२ मा सर्वोउत्कृष्ट अंक ल्याउन सफल भइन !

सुम्निमा जसले कक्षा १२ मा सर्वोउत्कृष्ट अंक ल्याउन सफल भइन !

  • 885
    SHARES

  • सुम्निमा जसले कक्षा  १२ मा सर्वोउत्कृष्ट अंक ल्याउन सफल भइन !

    राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा बुटवलकी सुम्निमा श्रेष्ठले जीपीए ४ अंक हासिल गरेकी छन् ।

    देशभरबाट ४ लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये बुटवलको न्यू होराइजन इङलिस सेकेण्डरी स्कूलकी सुम्निमाले सर्वाधिक अंक हासिल गरेकी हुन् ।

    सिम्बोल नम्बर २४९०११८८ रहेकी मा विज्ञान संकायकी छात्रा सुम्निमाले सबै विषयमा ४.६९ क्रेडिट आवर र प्राक्टिकलमा १.५६ अंक गरी जीपीए ४ हासिल गरेकी विद्यालयका कक्षा १२ संयोजक प्रकाश खनालले बताए ।

    जीपीए ४ अंक हासिल भएकाले उनी नेपाल प्रथम भएको विद्यालयको दाबी छ । उक्त विद्यालयबाट विज्ञान संकायबाट ५७ जना र व्यवस्थापन संकायबाट ३३ जनाले परीक्षा दिएकामा २३ जनाले ए प्लस ग्रेड हासिल गरेका छन् ।

    विज्ञान संकायबाट सक्षम देवकोटा र अमृत अर्यालले ३.९२ जीपीए र व्यवस्थापन संकायकी दिब्या उपाध्यायले ३.८४ जीपीए हासिल गरेका खनालले बताए ।

    images
    मंगलवार, माघ २० २०७७०८:३७:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार