आइतवार, जेठ २१ २०८०
जेठ, २१ गते, काठमाडौ । राष्ट्रिय निजि तथा आवासीय बिद्यालय एसेसियसन नेपाल (एन. प्याब्सन) काठमाडौले लिल्लाब्यापी हाजिरिजवाफ प्रतियोगिता गर्ने भएको छ। धुम्बाराही स्थित युनिभर्सल सेकेन्डरी स्कुलमा एन. प्याब्सनले आज एक पत्रकार सम्मेलन गर्दै आगामी जेठ २५ देखि २७ गतेसम्म उक्त प्रतियोगिता गर्ने भएको भएको हो।
एन. प्याबसन काठमाडौ जिल्ला कार्यसमितिको आयोजना तथा काठमाडौ महानगर कमिटिको संयोजनमा आयोजित तेस्रो काठमाडौ जिल्लाब्यापी हाजिरीजवाफ प्रतियोगिता हुने जनाएको छ। प्रतियोगितामा झन्डै ९० बिद्यालय सहभागी हुनेछन।
हाजिरीजवाफ प्रतियोगितामा सहभागी मध्य पहिलो स्थान हासिल गर्नेले रु. १५ हजार, द्वितीय रु. १० हजार, तृतीय रु.७ हजार ५ सय र चौथो स्थान हासिल गर्नेलाई प्रोत्साहन स्वरुप रु.५ हजार सहित, प्रमाणपत्र, मेडल र ट्रफी बितरण गर्ने जनाएको छ। हाजिरिजवाफ प्रतियोगिताको पदक पुरस्कार कार्यक्रम शिक्षामन्त्रीको सहभागीतामा एक भब्य समापन कार्यक्रमका बिच सम्पन्न गर्ने पत्रकार सम्मेलनमा बताए ।
पत्रकार सम्मेलन्मा बोल्दै काठमाडौ जिल्ला अध्यक्ष खडक बस्नेतले एन.प्याब्सनको अन्तिरिक्त क्रियाकलाप अन्तर्गत बार्षिक शैक्षिक क्यालेन्डर अनुरुप हाजिरीजवाफ प्रतियोगिता गर्न लागेको बताए। उनले विद्यार्थीहरुको पढ्ने बानिलाई उजागर गर्नको लागि यो कार्यक्रमको आयोजना गरिएको बताए।
त्यसैगरी पढाईका साथसाथै अन्य सिकाईका क्रियाकलापसंग जोड्न र विद्यार्थीहरुको समग्र बिकासमा जोड दिन विभिन्न CCA तथा ECA कार्यक्रमलाई क्यालेन्डर बनाएरै आयोजना गर्ने गरेको बताए। त्यस्तै काठमाडौ महानगरका अध्यक्ष भीष्म पाण्डेले शैक्षिकसत्र २०८० को पहिलो कार्यक्रमलाई जिल्ला ब्यापी रुपमा भब्यरुपमा सम्पन्न गर्ने बताए।
हाजिरीजवफ प्रतियोगिता युनिभर्सल सेकेन्डरी स्कुल धुम्बाराहिमा जेठ २५ गते बिहान ७ बजे शुरुहुने छ। प्रतियोगिता जेठ २५,२६ र २७ गते सम्म संचालन हुनेछ। पत्रकार सम्मेलनमा एन.प्याब्सन का काठमाडौ जिल्ला पदाधिकारी र काठमाडौ महानगरका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
