Jul 27 2026 | २०८३, श्रावण ११ गते

मध्यपश्चिम विश्वविद्यालयलाई पूर्ण डिजिटल तथा पेपरलेस बनाउन संचालित परियोजनाको हस्तान्तरण कार्य सम्पन्न

मध्यपश्चिम विश्वविद्यालयलाई पूर्ण डिजिटल तथा पेपरलेस बनाउन संचालित परियोजनाको हस्तान्तरण कार्य सम्पन्न

  • 538
    SHARES

  • मध्यपश्चिम विश्वविद्यालयलाई पूर्ण डिजिटल तथा पेपरलेस बनाउन संचालित परियोजनाको हस्तान्तरण कार्य सम्पन्न

    भदौ-१, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयलाई पूर्ण डिजिटल तथा पेपरलेस विश्वविद्यालय बनाउन संचालित परियोजनाको हस्तान्तरण कार्य सम्पन्न भएको छ।

    हिजो साउन ३२ गते बिहीवार एक कार्यक्रमका बिच विश्वविद्यालयलाई डिजिटल विश्वविद्यालय बनाउने उदेश्य अनुरुप मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यूको ‘Dream Project’ को रुपमा रहेको ‘Development of Enterprise Resource Planning System (ERPS), Education Management Information System (EMIS), Learning Management System (LMS), 35 Websites and Mobile Applications for Mid-West University’ परियोजना सम्पन्न भई विश्वविद्यालयलाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको हो।

    विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहज्यूको सम–उपस्थितीमा मध्यपश्चिम विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेलज्यू र उक्त सिस्टमहरु निर्माण गर्ने कम्पनी मिटिंग पोइण्ट प्राइभेट लिमिटेडका तर्फबाट डा. संबिधान आचार्यज्यूले Handover तथा Takeover प्रमाणपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

    उक्त परियोजना अन्तर्गत निर्माण गरिएका सम्पूर्ण सिस्टमहरुको पूर्ण प्रदर्शन मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीज्यूहरुको उपस्थितिमा निर्माण कम्पनीका तर्फबाट प्रस्तुत भए पश्चात् हस्तान्तरणको कार्य सम्पन्न भएको थियो ।

    उक्त प्रस्तुतिकरण कार्यक्रममा उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यू, रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेलज्यू, ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्टका डीन प्रा. डा. दीप बहादुर रावलज्यू, ग्र्याजुएट स्कुल अफ हुम्यानिटिज एण्ड सोसल साइन्सेजका डीन सह-प्रा. डा. लिलाधर तिवारीज्यू, ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डीन सह-प्रा. डा. सुदीप ठकुरीज्यू, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. चन्द्र प्रसाद रिजालज्यू, पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक सह-प्रा. बीरबहादुर पौडेलज्यू, परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख उप-प्रा. नरेन्द्र प्रकाश साउदज्यू, प्राचार्य उप-प्रा. जसबिर रोकाज्यू, उपकुलपति सचिवालयका सदस्य तथा कर्मचारी लगायतको उपस्थित रहेको थियो ।

    अमेरिका स्थित विश्वकै उत्कृष्ट एल विश्वविद्यालय (Yale University) बाट सूचना प्रविधि (IT) मा विद्यावारिधि (PhD) उपाधी हासिल गरेका डा. संबिधान आचार्यको नेतृत्वमा रहेको टोलीले उक्त सिस्टमहरु निर्माण सम्पन्न गरेको हो भने निर्माण सम्पन्न भई हस्तान्तरण भएका सिस्टमहरुको लागु पश्चात् मध्यपश्चिम विश्वविद्यालय दक्षिण एसियाकै पहिलो पूर्ण डिजिटल तथा पेपरलेस विश्वविद्यालय हुने तर्फ अगाडी बढेको छ । यी सिस्टमहरुको कार्यान्वयन भए संगै विश्वविद्यालय प्रविधी मैत्री हुनुका साथै विश्वविद्यालयमा भ्रष्टाचार बिरुद्धको शुन्य सहनशीलताको पूर्ण अवलम्बन हुने र हरेक गतिबिधीहरु पारदर्शी, चुस्तदुरुस्त र प्रभावकारी ढंगले अगाढी बढ्नेछन् ।

    स्रोत: मध्यपश्चिम बिश्वबिद्धालय 

     

    images
    शुक्रवार, भाद्र १ २०८००७:४३:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार