बिहिवार, आश्विन १८ २०८०
असोज, १८ काठमाडौ । नेपाल नर्सिङ परिषद्द्वारा नाम दर्ता परीक्षाको (लाइसेन्स) को आवेदन फारम खुला गरिएको छ। परिषदको बार्षिक कार्यतालिका अनुरुप२०८० मंसिर ९ गते हुने संचालन हुने परिक्षाको लागि आवेदन खुला गरेको हो।
आवेदन फारम बुझाउन २०८० असोज २१ गते देखि कार्तिक २० गते सम्म नियमित र कार्तिक २१ देखि २३ गतेसम्म दोब्बर दस्तुरको लागि समय तोकिएको छ।
परिक्षा फारम अनलाइन मार्फत भर्न सकिने जानकारी दिएको छ। अनलाइन आवेदनको लागि परिक्षाको लिङ्क exam.nnc.org.np मा दिए बमोजिम फारम भर्न सकिने छ। भने अनलाइन बाहेक अन्य कुनै माध्यम बाट आवेदन फारम भर्न पाइने छैन।
